केही महिना अघि स्वास्थ्यमा आएको खाद्य अब फेरी नवप्रवर्तन तर्फ गाभिने

काठमाडौँ, २१ साउन । केही महिना अघि मात्रै स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयमा आएको खाद्य प्रविधि तथा गुण नियन्त्रण विभाग विज्ञान प्रविधि तथा नव प्रवर्तन मन्त्रालयमा जाने भएको छ ।
विभिन्न मन्त्रालयमा छरिएर रहेका वैज्ञानिक अनुसन्धान, मापन र प्रमाणीकरण गर्ने विभाग तथा शाखाहरुलाई नयाँ मन्त्रालयमा लैजान लागिएको हो ।
विज्ञान प्रविधि तथा नव प्रवर्तन मन्त्री महाविर पुनले विभिन्न मन्त्रालयमा छरिएका वैज्ञानिक अनुसन्धान तथा मापन र प्रमाणिकर गर्ने शाखा तथा विभागहरुलाई आफ्नो मन्त्रालयमा ल्याउन लागेको जानकारी दिएका छन् ।
उनले सरकारको कार्य विभाजन नियमावली २०८३ संसोधन गरेर ती विभाग तथा शाखाहरुलाई आफ्नो मन्त्रालय मातहतमा ल्याउन लागेको जानकारी दिएका हुन् ।
अहिले विभिन्न मन्त्रालयका सात वटा विभाग तथा शाखाहरु नवप्रवर्तन मन्त्रालयमा जाने छ । त्यसमा स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालय अन्तर्गतको खाद प्रविधि तथा गुणनियन्त्रण विभाग पनि परेको छ । यसअघि सो विभाग कृषि मन्त्रालय अन्तर्गत थियो ।

सम्पर्क इमेल : nepalihealthnews@gmail.com




नेपाली हेल्थ 



