‘चिकित्सा शिक्षा आयोगको निर्देशकहरुको नियुक्ती प्रक्रिया तत्काल अघि बढाइयोस्’

76
Shares

काठमाडौं १९ साउन । प्रतिनिधि सभाका सांसद रमेश मल्लले चिकित्सा शिक्षा आयोगमा रिक्त रहेका निर्देशकहरूको नियुक्ति प्रक्रिया तत्काल अगाडि बढाउन सरकारको ध्यानाकर्षण गराएका छन् ।

मंगलबार बसेको प्रतिनिधि सभा बैठक अन्तर्गत आकस्मिक समयमा बोल्दै सांसद मल्लले आयोग पदाधिकारीविहीन हुँदा चिकित्सा शिक्षाका विभिन्न शैक्षिक कार्यक्रमको प्रवेश परीक्षा र समग्र शैक्षिक सत्र नै प्रभावित भएको बताएका हुन् ।

उनले भनेका छन, ‘आयोगले सार्वजनिक गरेको शैक्षिक क्यालेण्डरअनुसार साउनको पहिलो हप्ताभित्रै एमबीबीएससहित चिकित्सा शिक्षाका १७ वटा शैक्षिक कार्यक्रमका लागि आवेदन आह्वान गरिसक्नुपर्ने थियो । तर सरकारले आयोगका पदाधिकारीहरूलाई अध्यादेशमार्फत पदमुक्त गरेपछि हालसम्म नयाँ निर्देशकहरूको नियुक्ति हुन सकेको छैन । निर्देशक नहुँदा कलेजहरूको कोटा निर्धारण र प्रवेश परीक्षा सञ्चालनजस्ता महत्वपूर्ण कार्यहरू ठप्प भएको छ ।’

उनले कक्षा १२ को नतिजा सार्वजनिक हुनुलाई सरकारले ठुलो उपलब्धिको रूपमा व्याख्या गरे पनि अर्कोतर्फ चिकित्सा शिक्षाको प्रवेश परीक्षा धकेलिँदै जानु दुस्खद् भएको टिप्पणी गरे ।

‘विगत एक महिनादेखि करिव ६० हजार विद्यार्थी प्रवेश परीक्षाको तयारी गरेर बसेका छन्, तर आवेदनसम्बन्धी सूचनासमेत आउन सकेको छैन । यसले विद्यार्थी र अभिभावक दुवैलाई गम्भीर अन्योलमा पारेको छ,’ मल्लले भने ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *