सरकार र अनसनरत नर्स ज्योति रानाभाटका प्रतिनिधिबीच बार्ता

176
Shares

काठमाडौँ, १८ साउन । सरकारी पक्ष र अनसनरत नर्स ज्योति रानाभाटको प्रतिनिधिहरूबीच बार्ता भइरहेको छ । स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयमा केही वेर अघि देखि बार्ता भएको हो ।

बार्तामा अनसनरत रानाभाटको तर्फबाट जीता बराल, कल्पना रिजाल, कविता सिटौला र इन्द्रप्रसाद अर्याल सहभागी छन् ।

मन्त्रालयको तर्फबाट स्वास्थ सचिव डा विकास देवकोटा, अतिरिक्त सचिव डा संगिता मिश्र, स्वास्थ्य मन्त्री निशा मेहताका प्रमुख सल्लाहकार डा. मनोहर प्रधान सहितका प्रतिनिधिहरू सहभागी छन् ।

वार्तामा रानाभाटले उठाउँदै आएका मागहरूबारे सहमतिमार्फत समाधान खोज्ने विषयमा छलफल भइरहेको छ।

न्यूनतम पारिश्रमिकको सुनिश्चितता र श्रमशोषणको अन्त्यलगायतका १५ बुँदे माग राख्दै विगत पाँच दिन देखि अनसनरत नर्स रानाभाटको स्वास्थ्य बिग्रिएपछि वीर अस्पतालमा उपचारका लागि लगिएको छ ।

 

नेपाली हेल्थमा प्रकाशित समाचार / स्वास्थ्य सामग्री पढ्नु भएकोमा धन्यवाद। प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुझाव साथै लेख,
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।

Leave a Reply

Your email address will not be published. Required fields are marked *