नेपाल आयुर्वेद चिकित्सा परिषद्को अध्यक्षका लागि अन्तर्वार्ता हुनै लाग्दा किन विवाद ?

120
Shares

काठमाडौँ, १७ साउन । रिक्त रहेको नेपाल आयुर्वेद चिकित्सा परिषद्को अध्यक्ष पदका लागि सरकारले डेढ महिना अघि अर्थात २ असारका दिन दरखास्त आव्हान गरेको थियो ।

१० दिनको अवधी तोकेर त्यसबेला दरखास्त आव्हान गर्दा चार जना (डा.श्यामबाबु यादव, डा. जया सत्याल, डा. देवकला भण्डारी र डा. सिद्धार्थ ठाकुर)को दरखास्त परेको थियो ।

गत १६ असारका दिन प्रकाशित तिनै चार जनाको नामलाई छनौट समितिले मूल्याङ्कन गरेर बर्णानुक्रम अनुसार गत १५ साउनमा पुन: प्रकाशित गर्‍यो ।

त्यसबेला प्रकाशित सूचनामा ‘१८ साउनका दिन दिउसो २ बजे देखि तपाईँहरुको अन्तर्वार्ता र प्रस्तुतिकरण हुने छ, कार्यविधिमा उल्लेखित काजजातको छायाँ प्रति लिएर आउनु होला’ भन्ने उल्लेख छ । त्यसपछि भने विवाद सतहमा आएको छ ।

के हो विवाद ?

खासगरी आयुर्वेद विशेषज्ञ चिकित्सक समाजले नाम उल्लेख नगरीकन अध्यक्षमा प्रतिस्पर्धा गरेकी डा. जया सत्यालको योग्यतामा प्रश्न उठाउँदै विज्ञप्ती जारी गरेपछि विवाद सतहमा आएको हो । सो समाजले एक जना उम्मेदवार आयुर्वेद विषयमा स्नातकोत्तर नभई अकुपञ्चर (परम्परागत चिनियाँ चिकित्सा) विषयमा स्नातकोत्तर गरेको व्यक्ति रहेको भन्दै योग्यता नपुगेको दाबी गरेको थियो।

तर, डा. सत्यालले भने त्रिभुवन विश्वविद्यालय अकुपञ्चर विषयको स्नातकोत्तर तहलाई २०७१ सालमै त्रिविले आयुर्वेदको स्नातकोत्तर वा सो सरहको भन्दै समकक्षता प्रदान गरेको प्रमाण देखाएकी छन् । उनले यस विषयमा पहिले नै लामो विवाद भएर सर्बोच्च अदालतबाट नै फैसला भईसकेको हो भन्दै टुंगिईसकेको विषयलाई पुन: विवादित गराईइएको बताएकी छन् ।

यता नेपाल चाइनीज मेडिसिन चिकित्सक समाजले पनि डा. सत्यालको विषयमा कुनै विवाद नभएको भन्दै विज्ञप्ती जारी गरेको छ ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *