अनसनमा रहेकी ज्योति रानाभाटको जीवन रक्षा गर्न सरकारसंग नेपाल नर्सिङ संघको माग

24
Shares

काठमाडौँ, १६ साउन । नेपाल नर्सिङ संघले अनसनरत ज्योति रानाभाटको जीवन रक्षाका लागि सरकारसंग माग गरेको छ ।

विभिन्न १५ बुँदे माग अघि सार्दै रानाभाट गत १४ साउन देखि नेपाल नर्सिङ संघको केन्द्रीय कार्यालय लाजिम्पाटमा अनसन बसेकी थिईन । स्वास्थ्य बिग्रदै गएपछि उनलाई आज वीर अस्पताल लगिएको छ ।

संघका अध्यक्ष प्राध्यापक चन्द्रकला शर्मा र महासचिव डा देवकाकुमारी आचार्यद्धारा जारी विज्ञप्तीमा गत १५ कात्तिकमा तत्कालीन स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रतिनिधि तथा अन्य सरोकारवाला संस्थाहरुबीच भएको सम्झौँता अनुसार तलव भत्ता सुविधाहरु लगायतका विषयहरु हाल सम्म पनि पूर्ण कार्यान्वयन नभएको उल्लेख छ ।

त्यसबेला नर्सहरुले देशव्यापी आन्दोलन गर्दा सरकारी, गैरसरकारी तथा निजी स्वास्थ्य संस्थाहरुमा कार्यरत नर्सहरुको तलव सरकारी सरह हुने भन्ने सम्झौँतामा टुंगिएको थियो ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *