बिरामीसंग उठाएको स्वास्थ्य समता शुल्क १५ दिनभित्र फिर्ता गरिने

काठमाडौं, १५ साउन । सरकारले चालु आर्थिक वर्ष भित्र निजी स्वास्थ्य संस्थामा बिरामीसंग उठाएको स्वास्थ्य समता शुल्क सम्बन्धित भुक्तानीकर्तालाई १५ दिनभित्र फिर्ता पाउने भएका छन् ।
अर्थ मन्त्रालयले नेपाल राजपत्रमा प्रकाशित सूचनाअनुसार आर्थिक ऐन, २०५३ को दफा १८ को उपदफा (१) बमोजिम सरकारले आर्थिक ऐनको दफा १७ अन्तर्गत लगाइएको स्वास्थ्य समता शुल्क पूर्ण रूपमा छुट दिने निर्णय गरेको हो। साथै, दफा १६ बमोजिम लगाइएको शिक्षा समता शुल्क पनि पूर्ण रूपमा छुट दिइने उल्लेख गरिएको छ।
राजपत्रमा प्रकाशित सूचना अनुसार हालसम्म असुल गरिएको स्वास्थ्य समता शुल्क वा शिक्षा समता शुल्क असुल गर्ने व्यक्ति वा निकायले भुक्तानीकर्तालाई १५ दिनभित्र रकम फिर्ता गर्नुपर्नेछ। तोकिएको अवधिभित्र रकम फिर्ता गर्न सम्भव नभएमा उक्त रकम सङ्घीय सञ्चित कोषमा दाखिला गर्नुपर्ने व्यवस्था गरिएको छ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com



नेपाली हेल्थ 