‘विशेषज्ञ चिकित्सक’हरुको लाइसेन्स परीक्षाको नतिजा प्रकाशित, ९३.५ प्रतिशत उत्तीर्ण

744
Shares

काठमाडौँ, ८ साउन । नेपाल मेडिकल काउन्सिलले विशेष परीक्षाको नतिजा सार्वजनिक गरेको छ । पोष्ट ग्राजुएट्स (पीजी) तह उत्तीर्ण भएका चिकित्सकहरु सहभागी हुने विशेष परीक्षा (स्पेशल एक्जाम)मा यसपटक ९३.५७ प्रतिशत उत्तीर्ण भएका छन् ।

यो गतवर्ष यहि समय सञ्चालन भएको परीक्षाको नतिजा भन्दा २ प्रतिशत बढी हो । गतवर्ष यहि बेला भएको परीक्षामा ९१ प्रतिशत बढी उत्तीर्ण भएका थिए ।

काउन्सिल सदस्य एवं परीक्षा समिति संयोजक डा. नीना राईका अनुसार यस पटक परीक्षाका लागि कुल १ हजार १३ जनाले फारम भरेका थिए । परीक्षाका बेलामा भने एक जना अनुपस्थित भए । कुल १ हजार १२ जनाले सहभागिता जनाउको परीक्षामा ९४७ जना उत्तीर्ण भएका हुन् । परीक्षामा विभिन्न ३६ विषयका परीक्षार्थी सहभागी थिए ।

परीक्षा समिति संयोजक डा. राईले यसपटकको परीक्षामा नेपालमै अध्ययन गरी उत्तीर्ण भएका फ्रेस विद्यार्थीहरु सहभागी भएकोले नतिजा राम्रो आएको दावी गरिन । ‘यो सिजनमा हुने परीक्षामा नतिजा सधै राम्रो हुन्छ । गतवर्ष भन्दा यसवर्ष हामी दुई प्रतिशतले बढी भयौँ । यसपटक ९० प्रतिशत बढी परीक्षार्थी त्रिभुवन विश्वविद्यालय र काठमाडौँ विश्वविद्यालयबाट भर्खरै पास आउट भएकाहरु थिए । त्यसले गर्दा राम्रो भएको हो,’ उनले भनिन् ।

कम्प्युटर बेसमा हुने परीक्षा नेपाल इन्जिनियरियरिङ अध्ययन् संस्थान पुल्चोकमा भएको थियो ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *