यी हुन् यसवर्ष पीजीमा त्रिवि टप गर्ने १० जना ‘गोल्डमेडलिष्ट’ डाक्टरहरु

काठमाडौँ ८ साउन । त्रिभुवन विश्वविद्यालय चिकित्साशास्त्र अध्ययन् संस्थान (आईओएम)ले गत जेठ महिनामा सञ्चालित स्नातकोत्तर (पोष्ट ग्राजुएट्स पीजी) तह को विभिन्न शैक्षिक कार्यक्रममा अन्तिम परीक्षाबाट सर्बोत्कृष्ट अंक हासिल गर्ने विद्यार्थीको विवरण सार्वजनिक गरेको छ ।
आईओएमले ती विद्यार्थी (डाक्टर)हरुलाई स्वर्णपदक (गोल्ड मेडल)द्धारा विभुषित गर्नेछ ।
आईओएमका अनुसार पीजी तहको विभिन्न विषय कार्यक्रममा सर्बोत्कृष्ट अंक हासिल गर्ने १० जना गोल्डमेडलिष्ट विद्यार्थीहरु मध्ये नौ जना महाराजगञ्ज मेडिकल क्याम्पसका विद्यार्थी रहेका छन् । एक जना भने नेपाली सेना स्वास्थ्य विज्ञान संस्थानका विद्यार्थी रहेका छन् ।
यी हुन गोल्ड मेडलिष्टहरु
आईओएमका अनुसार यसवर्ष महाराजगञ्ज मेडिकल क्याम्पसबाट एमडी एनेस्थेसियोलोजी विषयमा ७६.८६ प्रतिशत अंकका साथ डा. रेश्मा श्रेष्ठ सर्बोत्कृष्ट भएकी छन् । यस्तै सोही क्याम्पसबाट एमडी डर्माटोलोजी विषयमा ७३.१४ प्रतिशत अंकका साथ डा. मनिषा गर्तौलाले सर्बोत्कृष्टता हालिस गरेकी छन् ।
यस्तै महाराजगञ्ज मेडिकल क्याम्पसबाट एमडी इन्टरनल मेडिसिन तर्फ डा. प्रशन्न कार्कीले ७६ प्रतिशत अंकका साथ एमडी इन्टनरल मेडिसिनमा सर्बोत्कृष्ट अंक हासिल गरेका छन् । यसैगरी महाराजगञ्ज मेडिकल क्याम्पसकै डा. अशिम प्रजापतिले एमडी अब्स गाइने विषयमा ७५.७१ प्रतिशत अंकका साथ सर्बोत्कृष्टता हासिल गरेका छन् ।
यता नेपाली सेना स्वास्थ्य विज्ञान अध्ययन संस्थानका विद्यार्थी डा. सिन्धु ज्ञवालीले एमडी प्याथोलोजी विषयमा ६८.२९ प्रतिशत अंकका साथ त्रिवि टप गरेका छन् ।
यसबाहेक सर्बोत्कृष्ट हासिल गर्ने अरु थप पाँच जना चिकित्सक महाराजगञ्ज मेडिकल क्याम्पसकै रहेका छन् ।
उनीहरुमा एमडी साइक्याट्रिमा डा. इला थापाले ७०.३८ प्रतिशत अंकका साथ सर्बोत्कृष्ट भएकी छन् । यस्तै एमडी रेडियोडायग्नोसिमा विषयमा दुई जनाले समान अंक ७९ प्रतिशत अंक ल्याएर गोल्डमेडल जितेका छन् । उनीहरुमा डा. प्रियस श्रेष्ठ र डा. शिभाली राव रहेका छन् ।
यस्तै महाराजगञ्ज मेडिकल क्याम्पसकै डा. मनिष न्यौपानेले एमएस इएनटीमा ७५ प्रतिशत अंकका साथ सर्बोत्कृष्टता हासिल गरेका छन् । यसैगरी एमएस जनरल सर्जरी तर्फ डा. होमेन्द्रकुमार साहले ७५.२ प्रतिशत अंकका साथ त्रिवि टप गरेका छन् ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com



नेपाली हेल्थ 

सबै डाक्साबहरूलाई हार्दिक बधाई ।