चितवनमा स्वास्थ्य संस्थामै प्रसूति गराउने महिलाको सङ्ख्या बढ्दो

चितवन, ७ साउन । चितवनका स्थानीय महिला सुत्केरी सेवाका लागि स्थानीय स्वास्थ्यचौकी, बर्थिङ सेन्टर तथा अस्पताल जान थालेका छन् ।
पछिल्ला वर्षमा स्वास्थ्य संस्थाको पहुँच, निःशुल्क प्रसूति सेवा र चेतनास्तरमा भएको वृद्धिले सुढेनी ९परम्परागत सुत्केरी गराउने० को भरमा नपर्ने महिलाहरु नजिकको स्वास्थ्यचौकी, बर्थिङ सेन्टर तथा अस्पताल जान थालेका हुन् ।
चितवनको भरतपुर जिल्ला अस्पतालबाट आर्थिक वर्ष २०८२/०८३ मा सात हजार ८५३ महिलाले प्रसूति सेवा लिएका छन् ।
अघिल्लो आर्थिक वर्ष आठ हजार ४२० जनाले सो सेवा लिनुभएको अस्पतालका वरिष्ठ प्रसूति रोग विशेषज्ञ डा रामप्रसाद सापकोटाले जानकारी दिए ।
नेपाली हेल्थमा प्रकाशित समाचार / स्वास्थ्य सामग्री पढ्नु भएकोमा धन्यवाद। प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुझाव साथै लेख,
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।




नेपाली हेल्थ 



