निजामती कर्मचारी अस्पतालको कार्यकारी निर्देशक पदमा प्राडा जितेन्द्र परियार नियुक्त

1.2k
Shares

काठमाडौँ, ४ साउन । निजामती कर्मचारी अस्पतालको कार्यकारी निर्देशक पदमा प्राडा जितेन्द्र परियार नियुक्त भएका छन् ।

भूमि व्यवस्था, सहकारी, सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले सोमबार सूचना जारी गर्दै सिफारिस समितिले योग्यताक्रमको पहिलो नम्बरमा सिफारिस गरेका परियारलाई कार्यकारी निर्देशक नियुक्त गर्ने निर्णय भएको उल्लेख गरेको छ ।

रिक्त रहेको निर्देशक पदमा पदपूर्ति गर्न मन्त्रालयले गत ५ असारमा सूचना प्रकाशित गरी आवेदन माग गरेको थियो । त्यसमा आवेदन दिएका प्रतिस्पर्धीहरुमध्येबाट सिफारिस समितिले प्राडा परियारलाई पहिलो नम्बरमा राखि आइतबार सिफारिस गरेको थियो ।

सोही सिफारिसको आधारमा अस्पताल विकास समितिको साउन ४ गतेको निर्णयका आधारमा परियारलाई कार्यकारी निर्देशक नियुक्त गर्ने निर्णय गरिएको हो ।

नेपाली हेल्थमा प्रकाशित समाचार / स्वास्थ्य सामग्री पढ्नु भएकोमा धन्यवाद। प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुझाव साथै लेख,
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।

2 thoughts on “निजामती कर्मचारी अस्पतालको कार्यकारी निर्देशक पदमा प्राडा जितेन्द्र परियार नियुक्त”

  1. नेपाल सरकार को यो निर्णय धेरै नै सराहनीय छ ।
    डाक्टर परियार ज्यू लाई बधाई र सफल कार्यकालको शुभकामना

Leave a Reply

Your email address will not be published. Required fields are marked *