स्वास्थ्य मन्त्रालय र नेपाल औषधी लिमिटेडबीच समझदारी:

अबको दुई वर्ष भित्र नेपाल औषधी लिमिटेडले ३६ प्रकारका अत्यावश्यक औषधी उत्पादन गर्ने

72
Shares

काठमाडौं, ४ साउन । नेपाल औषधी लिमिडेटमा अबको दुई वर्ष भित्र ३६ प्रकारका अत्यावश्यक औषधी उत्पादन हुने भएको छ । अहिले त्यहाँ ११ प्रकारका औषधी उत्पादन हुने गरेको छ ।

सोमबार स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालय र नेपाल औषधि लिमिटेडबीच स्वदेशी औषधि उत्पादनलाई सुदृढ बनाउने उद्देश्यका साथ समझदारीपत्र (एमओयू) मा हस्ताक्षर भएको छ।

समझदारीअनुसार आगामी दुई वर्षभित्र नेपाल औषधि लिमिटेडबाट ३६ प्रकारका अत्यावश्यक औषधि उत्पादन गर्ने लक्ष्य लिएको स्वास्थ्य मन्त्री निशा मेहताको सचिवालयले जनाएको छ ।

सचिवालयका अनुसार नेपाल औषधी लिमिडेटले अत्यावश्यक औषधी उत्पादन गर्ने नयाँ योजनाअन्तर्गत उच्च रक्तचाप, मधुमेह लगायत दीर्घरोगका औषधी गर्ने बताएको छ । यसका लागि आवश्यक अनुसन्धान तथा विकास (आरएण्डी) , गुणस्तर परीक्षण, उत्पादन अनुमति तथा प्राविधिक तयारीलाई तीव्रता दिइने मन्त्रालयले जनाएको छ।
समझदारीअनुसार कार्यक्रम कार्यान्वयनका लागि आवश्यक बजेट व्यवस्थापन गरिने तथा सरकारी स्वास्थ्य संस्थामा आवश्यक अत्यावश्यक औषधीको आपूर्तिमा स्वदेशी उत्पादनलाई प्राथमिकता दिइनेछ।

यस समझदारीपछि सरकारी स्वास्थ्य संस्थाका लागि आवश्यक औषधीको खरिद स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालय र नेपाल औषधी लिमिटेडबीच संस्थागत र नियमित प्रणालीमार्फत हुने व्यवस्था हुने यसबाट सरकारी खरिद प्रक्रिया थप प्रभावकारी बन्नुका साथै नेपाल औषधि लिमिटेडबाट उत्पादित औषधीको सुनिश्चित उपयोग र बजार विस्तारमा समेत टेवा पुग्ने अपेक्षा सरकारले गरेको सचिवालयले जनाएको छ ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *