फार्मेसी परिषद्को अध्यक्ष र रजिष्ट्रार पदका आवेदकलाई अन्तर्वार्तामा बोलाइयो
काठमाडौँ, ४ साउन । विभिन्न परिषद्, अस्पताल र बोर्डका पदाधिकारी नियुक्तिका लागि उम्मेदवार सिफारिस गर्न गठित समितिले नेपाल फार्मेसी परिषद्को अधयक्ष र रजिष्ट्रार पदमा दरखास्त दिएका ७-७ जनाको नाम प्रकाशित गर्दै अन्तवार्ताका लागि बोलाएको छ ।
समितिले अध्यक्ष पदमा कादिर आलम, धर्मप्रसाद खनाल, प्रदीप लम्साल र बाबुराम हुमागाईँको नाम सार्वजनिक गरेको छ । यस्तै बिजय यादव, राजकुमार थापा र लिला जोशी गुरुवाचार्यलाई पनि अन्तर्वार्तामा बोलाएको छ ।
यसैगरी समितिले परिषद्को रजिष्ट्रार पदका लागि आवेदन दिएका जयबहादुर घले, पवन महर्जन, प्रकाश खत्री, बिमल कुँवर, रोशनी प्रजापति शरद पुडासैनी र हरिश सिंह थापालाई अन्तर्वार्ताका लागि बोलाएको छ ।
समितिका अनुसार अध्यक्ष पदमा आवेदन दिएकाहरुलाई ८ साउन विहान १० बजे र रजिष्ट्रार पदमा आवेदन दिएकाहरुलाई दिउसो २ बजे पछि अन्तर्वार्ताका लागि बोलाइएको छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com



नेपाली हेल्थ 
