युनाइटेड मिसन अस्पताल पाल्पाकी निर्देशक डा. कारखलाई बेलायतको प्रसिद्ध ‘ओबीई’ अवार्ड प्रदान

44
Shares

काठमाडौँ, २ साउन । युनाइटेड मिसन अस्पताल तानसेनकी निर्देशक डा. रचेल कारखले बेलायतको राजपरिवारबाट प्रदान हुने प्रसिद्ध अवार्ड ‘अफिसर अफ द अर्डर अफ द ब्रिटिश एम्पायर (ओबीई)’ प्राप्त गरेकी छन् । नेपालको स्वास्थ्य सेवामा उल्लेखनीय योगदान गरेको भन्दै उनलाई सो अवार्ड प्रदान गरिएको हो ।

हालै इङ्ग्ल्यान्डमा आयोजित विशेष समारोहमा राजा चाल्र्स तृतीयले डा कारखलाई सो अवार्ड प्रदान गरेका थिए । ओबीई बेलायको सबैभन्दा प्रतिष्ठित राष्ट्रिय सम्मान मध्येको एक मानिन्छ ।

समाज, स्वास्थ्य शिक्षा विज्ञान कला तथा सार्वजनिक सेवाका क्षेत्रमा दीर्घकालिन र उल्लेखनीय योगदान पुरयाउने व्यक्तिलाई यो सम्मान प्रदान गरिन्छ । विदेशी नागरिकले पनि अन्तराष्ट्रिय स्तरमा विशिष्ट योगदान पुरयाएको खण्डमा ओबीईबाट सम्मानित हुने व्यवस्था छ ।

डा कारखले लामो समय देखि नेपालमा, अझ विशेषगरी पाल्पास्थित मिसन अस्पतालबाट ग्रामीण तथा दुर्गम क्षेत्रका नागरिकलाई गुणस्तरीय स्वास्थ्य सेवा उपलव्ध गराउन महत्वपूर्ण भूमिका निर्वाह गर्दै आएकी छन् ।

उनी सन् २००४ देखि सो अस्पतालको निर्देशकको रुपमा कार्यरत छिन् ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *