निजामती कर्मचारी अस्पतालको निर्देशक पदका लागि छ जनाको नाम अल्पसूचीमा (विवरण सहित)

244
Shares

काठमाडौँ, १ साउन । मीनभवनस्थित निजामती कर्मचारी अस्पतालको कार्यकारी निर्देशक पदका लागि दरखास्त दिएका मध्येबाट ६ जना उम्मेदवारहरूको अल्पसूची सार्वजनिक गरिएको छ।

भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयअन्तर्गत गठित सिफारिस समितिले बिहीबार कार्यकारी निर्देशक छनोट, काम, कर्तव्य, अधिकार, सेवा तथा सुविधा सम्बन्धी विनियमावली, २०७७ बमोजिम प्राप्त आवेदनको मूल्याङ्कनपछि उम्मेदवारको अल्पसूची सार्वजनिक गरेको हो।

संक्षिप्त सूचीमा परेका उम्मेदवारहरूमा धर्मराज गोसाईँ, प्राडा मोहनचन्द्र रेग्मी, डा अजय कुमार झा, डा सुरेश श्रेष्ठ, प्राडा अनुज जङ्ग रायमाझी र प्राडा जितेन्द्र परियार रहेका छन्।

सिफारिस समितिले संक्षिप्त सूचीमा परेका उम्मेदवारलाई आफ्नो व्यावसायिक कार्ययोजना प्रस्तुत गर्न तथा अन्तर्वार्तामा सहभागी हुन आग्रह गरेको छ। उम्मेदवारहरूले शैक्षिक योग्यताका प्रमाणपत्रको सक्कल र प्रतिलिपिसहित व्यावसायिक कार्ययोजनाको हार्ड कपी र सफ्ट कपी लिएर तोकिएको समयभन्दा ३० मिनेटअघि उपस्थित हुनुपर्ने सूचनामा उल्लेख छ।

उम्मेदवारहरूको कार्ययोजना प्रस्तुतीकरण तथा अन्तर्वार्ता २०८२ साउन ३ गते बिहान १० बजे भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयमा हुने जनाइएको छ।

 

 

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : [email protected]

Leave a Reply

Your email address will not be published. Required fields are marked *