लामो समय देखि अनुपस्थित २३ जना स्वास्थ्यकर्मीलाई कार्वाही गर्दै स्वास्थ्य मन्त्रालय, १५ दिनभित्र सफाइ पेस गर्न निर्देशन

काठमाडौं, ३२ असार । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले लामो समयदेखि कार्यालयमा अनुपस्थित रहेका २३ जना स्वास्थ्य सेवा अन्तर्गतका कर्मचारीलाई १५ दिनभित्र सफाइ पेस गर्न निर्देशन दिएको छ।
मन्त्रालयले सूचना प्रकाशित गर्दै निजामती सेवा ऐन, २०४९ को दफा ६० को उपदफा ९१० को खण्ड ९ख० बमोजिम लगातार ६० दिन वा सोभन्दा बढी अवधिसम्म कार्यालयमा अनुपस्थित रहेका कर्मचारीलाई सफाइ पेस गर्न आह्वान गरेको हो।
सूचनाअनुसार सम्बन्धित कर्मचारीहरूले सूचना प्रकाशित भएको मितिले १५ ९पन्ध्र० दिनभित्र आफू अनुपस्थित रहनुको कारणसहित विभागीय सजाय किन नगर्ने भन्ने स्पष्ट सफाइ सम्बन्धित कागजातसहित पेस गर्नुपर्नेछ। तोकिएको अवधिभित्र सफाइ पेस नगरेमा प्रचलित कानुनबमोजिम विभागीय कारबाही अघि बढाइने मन्त्रालयले जनाएको छ।
सफाइ पेस गर्न भनिएका कर्मचारीमध्ये अधिकांश चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान (वीर अस्पताल०, कान्ति बाल अस्पताल, राष्ट्रिय क्षयरोग नियन्त्रण केन्द्र, शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल तथा आयुर्वेद विकास केन्द्रसँग सम्बन्धित स्वास्थ्यकर्मी रहेका छन्। उनीहरूमा स्वास्थ्यरजनरल नर्सिङ, मेडिकल ल्याब टेक्नोलोजी, हेल्थ असिस्टेन्ट, रेडियोलोजी, फार्मेसीलगायत विभिन्न सेवा समूहका कर्मचारी छन्।
मन्त्रालयले सार्वजनिक गरेको सूचीमा कार्यालयमा लामो समयदेखि सम्पर्कविहीन रहेका कर्मचारीहरूलाई कानुनी प्रक्रियाअनुसार अन्तिम अवसरस्वरूप स्पष्टीकरण मागिएको उल्लेख गरिएको छ।

विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।




नेपाली हेल्थ 



