छ महिनापछि पुन: कलेजो प्रत्यारोपण

शहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रमा कलेजो प्रत्यारोपणको निरन्तरता

80
Shares

काठमाडौँ, ३१ असार । शहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्र, भक्तपुरमा छ महिना पछि पुन: कलेजो प्रत्यारोपण सेवा शुरु भएको छ ।

पछिल्लो पटक गत १९ असारमा काठमाडौँ असन कि ३९ वर्षीया गंगा श्रेष्ठको कलेजो प्रत्यारोपण भएको हो । उनलाई ४७ वर्षका देवर सञ्जय श्रेष्ठले कलेजो दान गरेका थिए ।

कलेजो प्रत्यारोपण पछि गंगा ११ दिन अस्पतालमा स्वास्थ्य लाभ गरी २९ असारमा डिस्चार्ज भएकी हुन् । कलेजो दाता श्रेष्ठ भने छैटौँ दिन अर्थात २५ असारमा नै डिस्चार्ज भएका थिए ।

विगत १० वर्ष अघिदेखि कलेजो प्रत्यारोपण थालेको केन्द्रमा यो ३७ औँ कलेजो प्रत्यारोपण हो । ३५ औँ पटकसम्म प्रत्यारोपणको नेतृत्व प्रत्यारोपण विज्ञ डा पुकारचन्द्र श्रेष्ठले गरेका थिए । उनी सेवा निवृत्त भएपछि केन्द्रमा कलेजो प्रत्यारोपण सुस्ताएको थियो ।

केन्द्रमा अहिले कलेजो प्रत्यारोपण सर्जन डा राम बाबु साहका आएका छन् । उनकै नेतृत्वमा अहिले कलेजो प्रत्यारोपण भएको हो । त्यसो त प्रत्यारोपणमा सघाउन भारतबाट समेत चिकित्सकको टोली आएको केन्द्रकी कार्यकारी निर्देशक डा कल्पनाकुमारी श्रेष्ठ बताउँछिन् । ‘यो कुरा लुकाउनु पर्दैन, हामीले यस पटक पनि कलेजो प्रत्यारोपणका लागि एक जना विदेशी विज्ञ चिकित्सकको सहयोग लिएका छौँ’ उनले भनिन् ।

देशमै सबैभन्दा बढी मिर्गौला प्रत्यारोपण गरेको केन्द्रले कलेजो प्रत्यारोपणमा पनि अग्रता लिएको छ । प्रत्यारोपणमा अग्रता मात्रै होइन, केन्द्रमा संसारकै सबैभन्दा न्यूनतम शुल्क रु १५ देखि २० लाखमा कलेजो प्रत्यारोपण हुने गरेको छ ।

पछिल्लो पटक प्रत्यारोपित तथा अंगदाताको स्वास्थ्य अवस्था राम्रो रहेको केन्द्रका कलेजो प्रत्यारोपण सर्जन डा. राम बाबु साहले जानकारी गराउनु गराए ।

यता कलेजो ग्रहण कर्ता र कलेजो दाता दुबै जनाले केन्द्रको सेवा बाट आफू अत्यन्त खुशी भएको र आफ्नै देशमा कलेजो प्रत्यारोपण सेवा लिन पाउँदा सहज भएको कुरा बताए ।

कलेजो प्रत्यारोपणमा सहभागी टिम

गत पुस पछि भएको यो कलेजो प्रत्यारोपणको नेतृत्व कलेजो प्रत्यारोपण सर्जन डा रामबाबु साहले गरेका थिए । उक्त टोलीमा डा रोशन घिमिरे, डा.लोचन श्रेष्ठ, डा रुजेन बज्राचार्य, डा. मिलन श्रेष्ठ, डा अमित यादव थिए ।

एनेस्थिेसिया तथा क्रिटिकल केयरमा विभागीय प्रमुख डा आरती राई, डा निभा श्रेष्ठ, डा शोभित थापा, रेखा श्रेष्ठ, डा शिव सुन्दर राजचल डा सन्देश खाउजु, डा रिती फुँयाल थिए ।

उता रेडियोलोजि विभागबाट विभागीय प्रमुख डा कृष्ण बुढाथोकी, डा जस्मिन जोशी, डा हितेश रायमाझी, डा. जि एलीन र इन्दु मिमिरे लगायतको टिम सहभागी थियो ।

कार्डियोलोजि विभागबाट विभागीय प्रमुख डा. प्रवेश न्यौपाने, डा सचिन लामिछाने सहभागी थिए भने प्याथोलोजि विभागबाट बिभागिय प्रमुख डा सबिना श्रेष्ठ, डा सुस्मिता मिमिरे, ल्याब इन्चार्ज विन्दिरा जोशी सहभागी थिए ।

ग्याँस्ट्रोइन्टरोलोजि विभागबाट विभागीय प्रमुख डा कर्ण राजवंशी, डा शेखर पौड्याल सहभागी थिए ।

निमित्त नर्सिङ्ग निर्देशक सनिषा कार्कीको नेतृत्वमा बबिता लवजु, एलिसा श्रेष्ठ, मञ्जु भट्टराई, अनिता कार्की, निरु सुवाल, मिना खर्बुजा, कामना बोगटी, विनिता कुटु, सबिया नागा, सुवेक्षा शाक्य, केलिना के.सी, बन्दना राई, रविना पक्का, शोनिया गिरी, ज्योति के.सी, सुदिमा रावत, कृष्टिना प्रजापती, अंशुमा दाहाल, सिता मैया अवाल, अर्पना सेन, जयन्ति ताम्राकार सहभागी थिए ।

ओटी व्यवस्थापनको जिम्मा अमर महर्जन, रामचन्द्र पौडेल, युनिशा खाइतु र गणेश राम कोजु लगायतको टिमले गरेको केन्द्रले जनाएको छ ।

उक्त कार्यमा डाइटिसियन वर्षा भट्टराई र फिजियोथेरापिष्ट शोनि शिख्वालको समेत प्रत्यक्ष संलग्नता रहेको थियो ।

व्यवस्थापकीय जिम्मेवारी उपसचिव राम प्रसाद आचार्य, जय कुमार कटुवाल र शाखा अधिकृत हरिहर पोखरेलले गरेका थिए ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : [email protected]

Leave a Reply

Your email address will not be published. Required fields are marked *