नेपालमै पहिलो पटक:

‘कार-टी सेल थेरापी’सहित अरु केही नयाँ सेवा प्रारम्भ भएको काठमाडौँ क्यान्सर सेन्टरको घोषणा

112
Shares

काठमाडौँ, २८ असार । काठमाडौँ क्यान्सर सेन्टरले क्यान्सर उपचारको क्षेत्रमा विश्वव्यापी रुपमा प्रभावकारी मानिएको कार टि सेल थेरापी सेवा प्रारम्भ गरेको छ ।

शनिबार राजधानीमा पत्रकार सम्मेलन गर्दै सेन्टरले केही दिनमै केही प्रकारका रक्तजन्य क्यान्सर (ल्युकेमिया र लिम्फोमा)का दुई जना बिरामीलाई कार टि सेल थेरापी दिने तयारी भएको जनाएको छ ।

सेन्टरका अध्यक्ष डा. अञ्जनीकुमार झाले सेन्टर फर रिजेनरेटिभ मेडिसिन (सीआरएम) नेपाल नामक कम्पनीले नेपालमै उत्पादन गरेको कारटीसेललाई बिरामीमा प्रत्यारोपण गर्न खोजिएको बताए । उनले यसले कार टी सेल थेरापीका लागि विदेश पुग्ने नेपाली बिरामीका लागि सहयोग हुने जानकारी दिए ।

के हो कार टी सेल थेरापी ?
कार टी सेल थेरापी (किमेरिक एन्टिजेन रिसेप्टर टी सेल थेरापी) भनेको शरीरको आफ्नै प्रतिरक्षा प्रणालीलाई प्रयोग गरेर क्यान्सरसँग लड्ने अत्याधुनिक इम्युनोथेरापी हो ।

सामान्य त टी सेल नामका श्वेत रक्तकोषहरुले शरीरमा भएका रोगजन्य कोशिकालाई पहिचान गरी नष्ट गर्दछन् । तर क्यान्सरले धेरै अवस्थामा यी कोशिकाबाट आफूलाई लुकाउन सक्छ । कार टी सेल थेरापीमा बिरामीकै टी सेललाई प्रयोगशालामा विशेष आनुवंशिक परिवर्तन गरेर क्यान्सरका कोशिकाहरुलाई स्पष्ट रुपमा चिन्ने क्षमता राख्दछ । त्यसपछि ती परिवर्तन गरिएका टि सेलहरु फेरी बिरमीको शरीरमा राखिन्छ । जहाँ तिनले क्यान्सरका कोशिकामाथि आक्रमण गर्दछन् ।

आनुवंशिक परिवर्तन पछि कसरी हुन्छ उपचार

काठमाडौँ क्यान्सर सेन्टरका प्रमुख डा सिमित सापकोटा भन्छन्, अब हामीले गर्ने भनिएको, परीक्षणपछि कारटी सेल थेरापी गर्न मिल्ने देखिएका बिरामीहरुलाई उनीहरुबाट टि सेल निकाल्ने त्यसपछि सीआरएम नेपाल ल्यावमा लगेर त्यसबाट केमरिक एन्टिजेन रिसेप्टर (सीएआर) जीन राखेर क्यान्सरको सतहमा रहेको विशेष प्रोटिन चिन्न सक्ने बनाइन्छ । परिवर्तित टी सेलहरु लाखौको संख्यामा बढाइन्छ र बिरामीमा हालिन्छ । टी सेल हालेको दुई देखि तीन सातासम्म बिरामीलाई निगरानीका लागि अस्पतालमै राखिने र त्यसपछि डिस्चार्ज गरिने समेत उनले बताए ।

डा झाले संसारमा अहिलेसम्म लगभग ३५ वटा देशमा रहेको कार टी सुरु गर्नु भनेको नेपालको क्यान्सर उपचारको क्षेत्रमा ठूलो फड्को रहेको बताए । अझ उनले कार टी उत्पादन गर्ने संसारको ७ वटा मुलुक मध्ये नेपाल पनि एउटा रहेको दावी गरे ।

उनले यो विशेष सेवा भएकोले यस उपचारको शुभारम्भ गर्दा भारत र जर्मन टिमसंग सहकार्य गरेर अघि बढेको बताए । सो क्यान्सर सेन्टरले उपचारका लागि बिरामीले ४५ लाख तिर्नु पर्ने स्पष्ट पारेको छ । डा झाले यो शुल्क भारतमा भन्दा निकै कम रहेको बताए ।

बोन म्यारो ट्रान्सप्लान्ट सेवा प्रारम्भ
यसैबीच सेन्टरले नेपालमै अत्याधुनिक बोन म्यारो ट्रान्सप्लान्ट (बीएमटी) सेवा सुरु गर्ने प्रक्रिया अगाडी बढाएको छ । यो सेवा सञ्चालनमा आएसंगै सेन्टरले बोन म्यारो तथा रक्त सम्वन्धी जटिल रोगका बिरामीहरुले उपचारका लागि विदेश जानु पर्ने अवस्था न्युनिकरण हुने आशा राखेको छ । उसले बि रामी तथा परिवारमा पर्ने आर्थिक तथा मानसिक भार कम हुने दावी गरेको छ ।

स्टेरोटिक लिल्यान मेसिन जडान
यसैबीच क्यानसरको बहु आयामिक उपचार गर्ने योजनामा अघि बढीहरेको सेन्टरले अत्याधुनिक स्टोरोटिक लिन्याक मेसिन जडान गरेको छ । यसबाट उच्च सटिकता, सुरक्षित तथा गुणस्तरीय रेडियो थेरापी सेवा उपलव्ध हुने सेन्टरले जनाएको छ ।

यसैगरी क्यान्सरको बिरामीको क्वालिटी अफ लाइफ सुधार, प्रभावकारी दुई व्यवस्थापन तथा सहायक उपचार सेवाको सुदृढिकरण गर्ने उद्देश्यले सेन्टरले अन्तराष्ट्रिय सहकार्यमा पेन तथा प्यालिटेटिभ केयर रिसर्च प्रोग्राम सुरु गरेको छ । यसका लागि सेन्टरले युकेको किंङ्स कलेज र जापानका विश्वविद्यालयहरुसंग सहकार्य गरिएको समेत अर्का मेडिकल अंकोलोजिष्ट डा सुवास पण्डितले जानकारी दिए ।

नेपालमै अन्तराष्ट्रिय क्यान्सर उपचार सेवा उपलब्ध गराउने उदेश्यले वि ।स २०१६ मा भक्तपुरको ताथलीमा यस काठमाडौँ क्यान्सर सेन्टर को स्थापना गरिएको हो । यस सेन्टरमा अहिले रेडियसन अन्कोलोजी,मेडिकल अन्कोलोजी तथा केमोथेरापी,टार्गेटेड थेरापी,इम्युनोथेरापी,सर्जिकल अन्कोलोजी,हेड एण्ड नेक क्यान्सर सर्जरी,स्तन क्यान्सर तथा स्त्रीरोग क्यान्सर शल्यक्रिया गरिन्छ ।

यस्तै ग्यास्ट्रोइन्टेस्टाइनल तथा हेपाटो–प्यान्क्रियाटो–बिलियरी क्यान्सर सर्जरी,प्लास्टिक तथा रिकन्स्ट्रक्टिभ सर्जरी,प्याथोलोजी तथा मोलिकुलर डायग्नोस्टिक्स, सीटीस्क्यान सेवा तथा रेडियोलोजी , आइसीयू, पेन तथा प्यालिटेटिभ केयर सेवा उपलव्ध भएको बताएको छ ।

 

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : [email protected]

Leave a Reply

Your email address will not be published. Required fields are marked *