वीर अस्पतालमा उपचाररत गणेश नेपालीको निधन

21
Shares

काठमाडौं २६ असार । त्रिपुरेश्वरस्थित राहदानी विभाग अगाडि बिहीबार दिउसो आफ्नै शरीरमा आगो लगाएका मुगुका गणेश नेपालीको निधन भएको छ । वीर अस्पतालमा बर्न वार्डको आईसीयूमा भेन्टिलेटर सपोर्टमा उपचाररत् नेपालीको आज बिहान ११:२० मा निधन भएको हो ।

यसअघि गएराती सरकारले उनलाई थप उपचारका लागि भारत लैजाने बताएको थियो । तर विहान पख स्वास्थ्यमा थप जटिलता देखिएको भन्दै भारत लैजाने योजना स्थगित भएको भनेको थियो ।

वीर अस्पतालका चिकित्सकले नेपालीको पहिलो शल्यक्रिया भए पनि अवस्थामा सुधार नआएको बताएका थिए ।

अनुहार, टाउको, घाँटी छाती गरी ५५ प्रतिशत बढी जलेको भन्दै चिकित्सकहरुले अवस्था गम्भीर रहेको बताएका थिए ।
नेपाली मृत्यु प्रक्ररण पछि प्रहरीले महानगरका तीन प्रहरीलाई सोधपुछका लागि भन्दै नियन्त्रणमा लिएको छ ।

यता माइतीघरमा युवाहरुले विरोध गरेका छन् भने वीर अस्पताल वरपर पनि भीड जम्मा भएको छ । अहिले त्यस क्षेत्रमा ठूलो संख्यामा प्रहरी परिचालन गरिएको छ ।

नेपाली हेल्थमा प्रकाशित समाचार / स्वास्थ्य सामग्री पढ्नु भएकोमा धन्यवाद। प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुझाव साथै लेख,
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।

Leave a Reply

Your email address will not be published. Required fields are marked *