छ वटा स्वास्थ्य विज्ञान प्रतिष्ठानका नवनियुक्त उपकुलपतिद्वारा पद तथा गोपनीयताको शपथ ग्रहण

28
Shares

काठमाडौं, २६ असार । विभिन्न ६ वटा स्वास्थ्य विज्ञान प्रतिष्ठानका नवनियुक्त उपकुलपतिहरूले पद तथा गोपनीयताको शपथ ग्रहण गरेका छन् ।

शुक्रबार स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्री निशा मेहताले नवनियुक्त उपकुलपतिहरूलाई पद तथा गोपनीयताको शपथ ग्रहण गराएकी हुन् ।

बिहीबार मात्रै प्रधानमन्त्री एवं प्रतिष्ठानका कुलपति बालेन्द्र शाहले चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान (न्याम्स) मा डा. विवेक आचार्य, पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानमा डा. नवीस मान सिं प्रधान, बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा डा. स्मृति कार्कीलाई उपकुलपति पदमा नियुक्त गरेका थिए ।

यस्तै पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा डा. नारायण सिंह गुरुङ, कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा डा. सूर्यमान मेन्याङबो र राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा डा. अजय कुमार मिश्रलाई नियुक्त गरेका थिए । प्रतिष्ठानकी सहकुलपति समेत रहेकी मन्त्री मेहताले उनीहरुलाई पद तथा गोपनीयताको सपथ गराएकी हुन् ।

यसअघि नेपाल सरकारले ‘स्वास्थ्य विज्ञान प्रतिष्ठानहरूको उपकुलपति छनोट तथा सिफारिस सम्बन्धी एकीकृत कार्यविधि, २०८३’ बमोजिम गठित छनोट तथा सिफारिस समितिको सिफारिसका आधारमा उनीहरुको नियुक्ती भएको हो ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : [email protected]

Leave a Reply

Your email address will not be published. Required fields are marked *