अङ्ग प्रत्यारोपण समन्वय समितिको अध्यक्षका लागि आवेदन आह्वान
नेपाली हेल्थ २०८३ असार २६ गते ८:४० 0 
काठमाडौं, २६ असार । स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले मानव शरीरको अङ्ग प्रत्यारोपण (नियमित तथा निषेध) ऐन, २०५५ को दफा १२ बमोजिम गठन हुने अङ्ग प्रत्यारोपण समन्वय समितिको अध्यक्ष पदका लागि आवेदन आह्वान गरेको छ।
मन्त्रालयले बिहीबार प्रकाशित गरेको सूचनाअनुसार तोकिएको योग्यता पुगेका इच्छुक उम्मेदवारले आवश्यक कागजातसहित २०८३ साउन ४ गते कार्यालय समयभित्र मन्त्रालयको नीति, योजना तथा अनुगमन महाशाखामा आवेदन पेश गर्नुपर्नेछ।
गत १९ बैशाखमा ल्याइएको अध्यादेशले पुराना नियुक्ती बदर हुँदा यो समितिको अध्यक्ष तथा पदाधिकारीहरु पनि पदमुक्त भएका थिए । समिति नहुँदा प्रत्यारोपणका लागि लाइसेन्स पर्खेर बसेका नयाँ स्वास्थ्य संस्थाहरु तथा प्रत्यारोपण सम्वन्धी नयाँ कामहरु अघि बढ्न सकेको छैन ।
अध्यक्ष पदका लागि आवश्यक योग्यता
- नेपाल मेडिकल काउन्सिलमा विशेषज्ञ चिकित्सकका रूपमा स्थायी दर्ता भएको।
- चिकित्साशास्त्रमा कम्तीमा स्नातकोत्तर उपाधि प्राप्त गरेको।
- विशेषज्ञ चिकित्सकका रूपमा कम्तीमा १० वर्ष कार्यअनुभव भएको।
- स्वास्थ्य सम्बन्धी कानुन, नीति तथा सार्वजनिक निकायको नेतृत्वदायी भूमिकामा काम गरेको अनुभव।
- नेपाली नागरिक।
छनोट प्रक्रिया
मन्त्रालयका अनुसार प्राप्त आवेदनहरूको कागजात परीक्षण गरी योग्य उम्मेदवारहरूको सर्टलिस्ट तयार गरिनेछ। सर्टलिस्टमा परेका उम्मेदवारलाई प्रस्तुतीकरण र अन्तर्वार्ता का लागि आमन्त्रण गरिनेछ।
मूल्याङ्कन आधार
- शैक्षिक योग्यता र अनुभव : ३० अंक
- प्रस्तुतीकरण : ३५ अंक
- अन्तर्वार्ता : ३५ अंक
मन्त्रालयले सर्टलिस्टमा परेका उम्मेदवारहरूको प्रस्तुतीकरण र अन्तर्वार्ता एकै दिन सञ्चालन गरिने पनि जनाएको छ।

विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।
-
नेपाल स्वास्थ्य व्यवसायी परिषद्ले लिएको १९ औँ नाम दर्ता परीक्षाको नतिजा सार्वजनिक, ४८ प्रतिशत उत्तीर्ण
-
नेपाल चिकित्सक संघका पूर्व अध्यक्षद्धयद्वारा काँग्रेस केन्द्रीय सदस्य पदमा उम्मेदवारी
-
डब्लुएचओ क्षेत्रीय निर्देशकका लागि डा. संगिता मिश्रालाई अघि सार्दै नेपाल
-
मेडिकल शिक्षामा शुल्क र सिट संख्या बढाउन गर्न निजी मेडिकल कलेजको माग
-
नेपाल कोर एफएचआईआर कार्यान्वयन निर्देशिका स्वीकृत
-








