सरकारद्धारा छ वटा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपकुलपति पदमा नियुक्ती (विवरण सहित)

6.3k
Shares
छ वटा प्रतिष्ठानका नवनियुक्त उपकुलपतिहरु

काठमाडौँ, २५ असार । छ वटा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा रिक्त उपकुलपति पदमा छ जना चिकित्सक नियुक्त भएका छन् । प्रधानमन्त्री एवं प्रतिष्ठानका उपकुलपति बालेन्द्र शाहले आज छ वटा प्रतिष्ठानमा उपकुलपति नियुक्त गर्ने निर्णय गरेका हुन् ।

स्रोतका अनुसार चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान (न्याम्स)मा डा विवेक आचार्य नियुक्त भएका छन् । यस्तै पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानमा डा नविसमानसिंह प्रधान उपकुलपति पदमा नियुक्त भएका छन् । उता राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा डा अजयकुमार मिश्र उपकुलपति पदमा नियुक्त भएका छन् ।

यता पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा डा नारायणसिंह गुरुङ उपकुलपति पदमा नियुक्त भएका छन् । उता धरानस्थित वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा डा स्मृति कार्की उपकुलपति पदमा नियुक्त भएकी छन् भने कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा डा सूर्यमान म्याहाङम्बो उपकुलपति पदमा नियुक्त भएका छन् ।

स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले विभिन्न ६ वटा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपकुलपति पदका लागि आवेदन माग गर्दा सुरुमा ११३ जनाले आवेदन दिए पनि ८६ जनाको नाम सक्षिप्त सूचीमा प्रकाशित गरेको थियो । त्यसमध्यबाट पछि ७ ७ जनाको नाम अन्तर्वार्ताका लागि तय गरिएको थियो ।

नव नियुक्त उपकुलपतिहरु अहिले नियुक्ती पत्र बुझ्न स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालय पुगिसकेका छन् ।

नेपाली हेल्थमा प्रकाशित समाचार / स्वास्थ्य सामग्री पढ्नु भएकोमा धन्यवाद। प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुझाव साथै लेख,
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।

Leave a Reply

Your email address will not be published. Required fields are marked *