चिकित्सा शिक्षा आयोगको ‘कोष सञ्चालन कार्यविधि, २०८३’ स्वीकृत

96
Shares

काठमाडौं, २५ असार । चिकित्सा शिक्षा आयोगको ‘कोष सञ्चालन कार्यविधि, २०८३’ स्वीकृत भएको छ । प्रधानमन्त्री एवं चिकित्सा शिक्षा आयोगका अध्यक्ष बालेन्द्र शाहको अध्यक्षतामा बिहीबार सिंहदरबारमा बसेको आयोगको २६औँ बैठकले कोष सञ्चालन कार्यविधि २०८३ स्वीकृत गर्ने निर्णय गरेको हो ।

त्यसअघि बैठकमा आयोगका नवनियुक्त उपाध्यक्ष डा. देवेन्द्र खत्रीले कार्यविधि स्वीकृत गर्ने सम्बन्धमा प्रस्ताव पेस गरेका थिए।

सो बैठकमा स्वास्थ्य तथा खाद्य स्वच्छतामन्त्री निशा मेहता र शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले सहअध्यक्षता गरेका थिए। बैठकमा प्रधानमन्त्रीका विज्ञ सल्लाहकार प्राडा जगदीश अग्रवाल, आयोगमा यसअघि उपाध्यक्ष रहेका प्राडा श्रीकृष्ण गिरी समेतको उपस्थिति थियो ।

यस्तै पदेन सदस्य रहेका नेपाल चिकित्सक संघका अध्यक्ष डा बद्री रिजाल र मेडिकल एण्ड डेन्टल एसोसिएसन अफ नेपालका अधयक्ष प्राडा ज्ञानेन्द्रमान सिंह कार्की, स्वास्थ्य सचिव डा विकास देवकोटा, शिक्षा सचिव चुडामणि पौडेल लगायतका पदाधिकारीहरुको सहभागिता थियो ।

नेपाली हेल्थमा प्रकाशित समाचार / स्वास्थ्य सामग्री पढ्नु भएकोमा धन्यवाद। प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुझाव साथै लेख,
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।

Leave a Reply

Your email address will not be published. Required fields are marked *