नेपाली हेल्थका सम्पादक रामप्रसाद न्यौपानेलाई ‘रोटरी क्लव अफ काठमाडौँ नर्थ’को सम्मान

28
Shares

काठमाडौँ, २० असार । ‘रोटरी क्लव अफ काठमाडौँ नर्थले नेपाली हेल्थका सम्पादक रामप्रसाद न्यौपानेलाई सम्मान गरेको छ । स्वास्थ्य सचेतनाका कार्यमा नेपाली हेल्थका माध्यमबाट निरन्तर क्रियाशिल भएको भन्दै सम्मान गरेको हो ।

शनिबार क्लवको ३३ औँ ईन्स्टलेशन समारोहमा निवर्तमान अध्यक्ष प्रदीप थापाले सम्पादक न्यौपानेलाई सम्मान पत्र प्रदान गरेका थिए । सो अवसरमा उनले स्वास्थ्य सचेतनाका कार्यमा निरन्तर लाग्न र रोटरीको स्वास्थ्य तथा सामाजिक अभियानलाई सहयोग गर्न आग्रह गरेका थिए ।

डीजीएन रोटरियन अमित गिरीको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा रोटरी क्लव अफ काठमाडौँ नर्थको २०२६-२०२७ नेतृत्व रोटरियन सितामाया पौडेलले सम्हालेकी छन् ।

शनिबार उनले नव नियुक्त पदाधिकारी तथा सदस्यहरुहरुलाई पद तथा गोपनियताको सपथ गराएकी थिइन ।

क्त समारोहमा पूर्व अध्यक्षहरु डा बुद्धिमान श्रेष्ठ, उमेश अग्रवाल, उत्तम खड्का, गोपालराज पोखरेल, गौतम प्रसाद खनाल, रविन्द्रजंग थापा, प्रितम पौडेल लगायत थुप्रै रोटरियन र क्लवका पूर्व पदाधिकारीहरुको उपस्थिति थियो ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : [email protected]

Leave a Reply

Your email address will not be published. Required fields are marked *