एक हजारभन्दा बढीमा डेंगी संक्रमण पुष्टि, २ जनाको मृत्यु

272
Shares
Dengu

काठमाडौँ, १८ असार । नेपालमा मनसुनको सुरुवातसँगै एक हजारभन्दा बढीमा डेंगी संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य सेवा विभागअन्तर्गतको इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाको पछिल्लो अद्यावधिक विवरणअनुसार गत पुस १७ गते यता मात्रै देशभर एक हजार ४२ जनामा डेंगी सङ्क्रमण पुष्टि भइसकेको छ।

तीव्र गतिमा फैलिरहेको डेंगी संक्रमणका कारण हालसम्म दुई जनाले ज्यान गुमाइसकेका छन् भने देशका ७१ जिल्लामा डेंगी संक्रमण फैलिएको छ ।

भौगोलिक रूपमा झापा, सुनसरी, काठमाडौँ, कास्की, चितवन, ओखलढुङ्गा, मकवानपुर र पाल्पा डेंगीबाट सबैभन्दा बढी प्रभावित बनेका छन्। कोशी र बागमती उच्च जोखिममा रहेको तथ्याङ्क छ ।

डेंगी रोग संक्रमण भएको पोथी जातको लमखुट्टेको टोकाइबाट यो रोग सर्ने गर्दछ। यो रोग चितवनमा पहिलोपटक सन् २००४ मा देखिएको हो।

यसबाट बच्न झूल लगाएर सुत्ने, साँझ–बिहान कपडा लगाएर मात्र बाहिर निस्कने, खाल्डाखुल्डीमा पानी जम्न नदिने, टायर, बोतल र ड्रम नियमित सरसफाइ गर्ने तथा पानी जम्न नदिए डेंगी सङ्क्रमण रोकथाम गर्न सकिन्छ ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : [email protected]

Leave a Reply

Your email address will not be published. Required fields are marked *