पूर्व सचिव भीम उपाध्यायविरुद्ध नेपाल चिकित्सक संघले पनि दियो साइबर ब्युरोमा उजुरी

88
Shares

काठमाडौँ १७ असार । पूर्व सचिव भीमप्रसाद उपाध्यायलाई कार्वाहीको माग गर्दै नेपाल चिकित्सक संघले पनि नेपाल प्रहरीको साइबर ब्युरोमा उजुरी दिएको छ । यसअघि आजै नेपाल मेडिकल काउन्सिलले पनि उपाध्यायलाई कार्वाही गर्न माग गर्दै ब्युरोमा उजुरी दिएको थियो ।

काउन्सिलका निमित्त रजिष्ट्रार डा दिपेन्द्र पाण्डेका बिरुद्ध उपाध्यायले साइबर बुलिङ गरेको भन्दै काउन्सिलले कार्वाहीको माग गरेको थियो । यता संघले पूर्व सचिव उपाध्यायले काउन्सिल र चिकित्सकहरुको मान मर्दन गर्ने गरेको भन्दै कानूनी कार्वाही गर्न माग गरेको छ ।

संघका महासचिव डा विश्वराज दवाडीद्धारा दर्ता गरिएको उजुरीमा नेपाल सरकारका पूर्व सचिव उपाध्यायले आफ्नो फेसबुक र विभिन्न सामाजिक सञ्जालको एकाउन्टहरु प्रयोग गरी नेपालको चिकित्सा क्षेत्रको नियामक निकाय काउन्सिल र यसका कार्यकारी सदस्यहरुलाई लक्षीत गर्दै अत्यन्तै भ्रामक आधारहीन, मानहानीपूर्ण र गैरजिम्मेवार पोष्टहरु गरिरहेको उल्लेख छ ।

उपाध्यायले सस्तो लोकप्रियताका लागि बारम्बार अनर्गल र गलत तथ्यहरु सम्प्रेषण गरेको समेत उजुरीमा भनिएको छ । एक जिम्मेवार उच्च अधिकारीले विना कुनै प्रमाण, नियामक संस्था र नेपालका चिकित्सक हरुको सामाजिक एवं पेशागत प्रतिष्ठामा आँच पुरयाउने उदेश्यले गरिरहेका यस्ता गतिविधिहरु प्रचलित विद्युतीय कारोवार ऐन विपरितका दण्डनीय अपराध हुन् भनिएको छ ।

हेर्नुहोस चिकित्सक संघले साइबर ब्युरोमा दर्ता गराएको उजुरी

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : [email protected]

Leave a Reply

Your email address will not be published. Required fields are marked *