पूर्व सचिव भीम उपाध्यायलाई कार्वाही गर्न माग गर्दै मेडिकल काउन्सिलद्धारा साइबर व्युरोमा उजुरी
निमित्त रजिष्ट्रार डा पाण्डेमाथि साइबर बुलिङ गरेको आरोप

काठमाडौँ, १७ असार । नेपाल मेडिकल काउन्सिलले नेपाल सरकारका पूर्व सचिव भीम प्रसाद उपाध्याय (भीम उपाध्याय) माथि विद्युतीय कारोबार ऐन २०६३ तथा प्रचलित कानून बमोजिम तत्काल आवश्यक कार्वाही प्रक्रिया अघि बढाउन भन्दै नेपाल प्रहरीको साइबर व्युरोमा उजुरी दिएको छ ।
उपाध्यायले हिजो बेलुका आफ्नो फेसबुकबाट डा. दिपेन्द्र पाण्डेको तस्बिर राखेर ‘प्रतिष्ठित विश्वविद्यालयबाट प्राकृतिक योग चिकित्साका स्नातक शिक्षा प्राप्त गर्ने र त्रिविबाट समकक्षता प्राप्त गर्ने डा चेतना पौडेललाई नक्कली डाक्टर भन्दै आरोप लगाई प्रहरी जाहेरी दिने र ७ दिन हिरासतमा राख्ने प्रपन्च गर्ने नेपाल मेडिकल काउन्सिलका निर्वाचित सदस्य नेता डा दिपेन्द्र पाण्डे ….’ भनेर पोष्ट गरेका थिए ।
काउन्सिद्धारा दायर उजुरीमा उपाध्याय माथि निमित्त रजिष्ट्रारको तस्बिर अनाधिकृत रुपमा प्रयोग गरि एक भ्रामक कपोलकल्पित र निन्दनीय पोष्ट सार्वजनिक सामग्री पोष्ट गर्ने पेशागात मर्यादा, व्यक्तिगत चरित्र र पदको गरिमामा गम्भीर आँच पुग्ने गरी नितान्त झुटा, भ्रामक र कपोलकल्पित चरित्रहत्या गर्ने उदेश्यले दुषित नियत राखी गालीगलौज र साइबर बुलिङ गरेको उल्लेख छ ।
पछिल्लो साता चेतना पौडेलको गिरफ्तारी पछि स्पार्क र काउन्सिलबीच मात्रै होइन एलोपेथिक तथा न्याचुरोप्याथिक चिकित्सकहरुबीच पनि तर्क बितर्कहरु भइरहेको थियो । त्यो विषयलाई थप उत्तेजित पार्ने गरी पूर्व सचिव उपाध्याय सक्रिय भएका थिए ।
उजुरीमा काउन्सिलले आफूकहाँ दर्ता भएका दर्तावाल चिकित्सक, विशेषज्ञ चिकित्सकले मात्र औषधी सेवनका लागि प्रेस्क्रिप्सनमा लेख्न पाउने व्यवस्था औषधी ऐन २०३५ को दफा २(क) (च) दफा १७ मा रहेकोमा काउन्सिलमा दर्ता नभई अन्य परिषमा दर्ता भएका व्यक्ति बिरामीको स्वास्थ्य उपचारमा सम्लग्न भई एलोप्योकिथ औषधी लेखेको र एमआरआई समेत गर्ने जस्ता कार्य गरेको उजुरी परेपछि अनुगमन गरिएको उल्लेख छ ।
हेर्नुहोस उजुरी:


सम्पर्क इमेल : [email protected]




नेपाली हेल्थ 

