त्रिवि शिक्षण अस्पतालमा भोली देखि आंशिक रुपमा स्वास्थ्य बीमा कार्यक्रम सुरु हुँदै

52
Shares

काठमाडौँ, १४ असार । गत १ माघ देखि स्वास्थ्य बीमा कार्यक्रम स्थगन गरेको महाराजगञ्जस्थित त्रिवि शिक्षण अस्पतालले १५ असार (भोली) देखि आंशिक रुपमा सुचारु गर्ने भएको छ ।

अस्पतालले गत बिहीबार सूचना जारी गर्दै स्वास्थ्य बीमा कार्यक्रमको रोकिएको सेवा १५ असार देखि ओपिडी सेवामा मात्रै लागू हुने गरी पुन सुचारु गरिएको जनाएको छ ।

अस्पतालले बीमाको ओपीडी टिकट वितरण विहान ७ देखि ११ बजे र दिउसो १ देखि २३० बजेसम्म बीमा टिकट काउन्टरबाट हुने समेत बताएको छ ।

यसअघि गत २२ पुसमा सूचना जारी गर्दै १ माघ देखि स्वास्थ्य बीमा कार्यक्रम स्थगित भएको बताएको थियो । त्यसबेला अस्पतालले बक्यौता रकम ४० करोड बढी भएको र दावी भुक्तानीमा समेत ५० प्रतिशतलाई मात्रै स्वीकार गर्ने परिपाटि रहेको भन्दै सेवा स्थगित गरेको बताएको थियो ।

पछिल्लो पटक बोर्डले रकम भुक्तानीमा समेत तिब्रता दिएको कारण सेवालाई आंशिक रुपमा सञ्चालन गरेको हुन सक्ने अनुमान गरिएको छ ।

स्वास्थ्य बीमा ऐनमा आफूखुशी सेवा स्थगन गर्न तथा आशिक रुपमा मात्रै सेवा दिन दिने छुट छैन । तर देशकै सबैभन्दा ठूलो सरकारी अस्पतालले आफूखुशी सेवा स्थगन र शुभारम्भ गर्दै आएको छ ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : [email protected]

Leave a Reply

Your email address will not be published. Required fields are marked *