स्वास्थ्य पत्रकार ढुंगेल र बुढाथोकीसहित सात जनालाई यस वर्षको ‘रोटरी जर्नो अवार्ड’

काठमाडौँ, १३ असार । स्वास्थ्य पत्रकार सरोज ढुंगेल र सागर बुढाथोकीसहित सात जना पत्रकार ‘रोटरी जर्नो अवार्ड – २०२६’ बाट पुरस्कृत भएका छन् । ‘रोटरी इन्टरनेसनल डिस्ट्रिक्ट ३२९२’ले शुक्रबार एक कार्यक्रमगरी उनीहरुलाई पुरस्कृत गरेको हो ।

अवार्ड कमिटिका अध्यक्ष सुरेश आचार्यका अनुसार रोग रोगथाम तथा उपचार विधामा गोरखापत्रका ढुंगेल पुस्कृत भएका हुन् । यस्तै मातृ तथा बाल स्वास्थ्य विधामा उकालो डटकमका बुढाथोकी पुस्कृत भएका हुन् ।

अन्य विधा तर्फ आधारभूत शिक्षा, साक्षरतामा तथा डिजिटल साक्षरतामा कान्तिपुरका सुदीप कैनी, स्थानीय शान्ति, द्वन्द्व रोकथामरसमाधानु विधामा कान्तिपुरकै बाँके संवाददाता रूपा गहतराजले अवार्ड प्राप्त गरे।

त्यस्तै, खानेपानी, सरसफाइ र स्वच्छतातर्फ सुनसरीका पत्रकार विकल रेग्मी, वातावरण, जलवायु परिवर्तन र उत्थानशीलतामा सगरमाथा एफएम काठमाडौँकी उर्वशी बस्न्यात तथा सामुदायिक र आर्थिक विकासमा पोखराका पत्रकार विजय नेपालले अवार्ड प्राप्त गरेको अवार्ड प्राप्त गरेका छन् ।

कार्यक्रममा वरिष्ठ पत्रकार आदित्यमान श्रेष्ठलाई यस वर्षको ‘लाइफ टाइम अचिभमेन्ट अवार्ड’ प्रदान गरिएको छ। यो अवार्ड यसअघि वरिष्ठ पत्रकारद्वय भैरव रिसाल र भारतदत्त कोइरालालाई प्रदान गरिएको थियो।

रोटरी जर्नो अवार्ड २०२६ का लागि खुला आवेदन र मनोनयनमार्फत ५० जना पत्रकारका २५७ वटा समाचार प्रतिस्पर्धामा सहभागी थिए। तीमध्येबाट उत्कृष्ट ७ विधामा पत्रकारहरूले प्रस्तुत गरेको रिपोर्टिङका आधारमा विजेता छनोट गरिएको छनोट समितिका सदस्य पत्रकार तीर्थ कोइरालाले बताए।

अवार्ड प्राप्त गर्ने पत्रकारहरूलाई जनही नगद ५१ हजार रुपैयाँ र सम्मानपत्र प्रदान गरिएको थियो।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : [email protected]

Leave a Reply

Your email address will not be published. Required fields are marked *