गैरकानूनी रुपमा चिकित्सा अभ्यासमा संलग्न व्यक्ति पक्राउ

2.7k
Shares

काठमाडौँ, १० असार । गैरकानूनी रुपमा चिकित्सा अभ्यासमा सम्लग्न एक व्यक्ति प्रक्राउ परेका छन् । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान व्यूरो (सीआईबी)को टोलीले मंगलबार चन्द्रागिरी नगरपालिका ८ बाट चेतन एमए (पौडेल)लाई पक्राउ गरेको हो ।

प्रहरीले उनीमाथि चन्द्रागिरी नपा वडा नं ८ मा सञ्चालित स्पार्क इन्टरनेशनल हेल्थ रिसोर्टमा गैरकानूनी रुपमा चिकित्सा अभ्यास गरेको आरोप लगाएको छ ।

त्यसअघि नेपाल मेडिकल काउन्सिलको टोलीले नियमित अनुगमनको क्रममा स्पार्कमा पुग्दा पौडेलले नपाएको चिकित्सकको उपाधी प्रयोग गरी आधुनिक चिकित्सा निदान तथा उपचारमा सम्लग्न रहेको साथै बिरामीलाई चिकित्सकको रुपमाबाट औषधी सिफारिस गरिएको प्रेस्किप्सन फेला पारेको थियो ।

काउन्सिलले त्यसपछि छानविन गरी प्रतिवेदन व्युरोलाई बुझाएर थप अनुसन्धान तथा कार्वाहीका लागि सहजीकरण गरेको थियो । सोही आधारमा प्रक्राउ गरि उनी माथि छानविन भएको व्यूरोले जनाएको छ ।

यसैबीच पक्राउ परेकी पौडेल प्राकृतिक चिकित्सक (न्याचुरोप्याथी) को रुपमा नेपाल स्वास्थ्य व्यवसायी परिषद् (एनएचपीसी)मा दर्ता भएको बुझिएको छ ।

नेपाली हेल्थमा प्रकाशित समाचार / स्वास्थ्य सामग्री पढ्नु भएकोमा धन्यवाद। प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुझाव साथै लेख,
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।

Leave a Reply

Your email address will not be published. Required fields are marked *