बीपी कोइराला मेमोरियल क्यान्सर अस्पतालको अध्यक्ष पदका लागि तीन जनाको नाम सिफारिस

376
Shares

चितवन, १० असार । चितवनस्थित बीपी कोइराला मेमोरियल क्यान्सर अस्पतालको रिक्त अध्यक्ष पदका लागि तीन जनाको नाम सिफारिस भएको छ।

स्वास्थ्य मन्त्रालय स्रोतका अनुसार डा विजयचन्द्र आचार्य, डा अजयकुमार झा र डा योगेन्द्र प्रसाद सिंह नाम अध्यक्षका लागि सिफारिस भएको हो।

यसअघि मन्त्रालयले गत गत २७ जेठमा ७ जनाको नाम अल्पसूचीमा प्रकाशित गरेको थियो । त्यसबेला उनीहरुसंग कार्ययोजना पत्र समेत मागिएको थियो ।

गत १५ वैशाखमा ७ दिनको म्याद राखेर रिक्त अध्यक्ष पदका लागि खुल्ला आवेदन माग गर्दा ८ जनाको आवेदन परेको थियो ।

यसपटक अस्पताल ऐन, २०५३ अनुसार अध्यक्ष पदमा छनौट गर्न आवेदन माग भएको थियो । चिकित्साशास्त्रमा स्नातकोत्तर उपाधि प्राप्त गरी क्यान्सर रोगको क्षेत्रमा कम्तीमा १५ वर्ष वा समग्र स्वास्थ्य क्षेत्रमा २० वर्षको अनुभव भएको हुनुपर्ने प्रावधान उल्लेख छ ।

तीन वर्षे कार्यकाल रहने उक्त पदमा यसअघि डा. विजयराज न्यौपाने कार्यरत थिए।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : [email protected]

Leave a Reply

Your email address will not be published. Required fields are marked *