औषधीको मूल्य समायोजन गर्ने तयारीमा सरकार

एक साता भित्रै औषधी परामर्श परिषद्को बैठक बस्ने
328
Shares

काठमाडौँ, ३ असार । सरकार औषधीको मूल्य समायोजन गर्ने तयारीमा अघि बढेको छ । स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्री निशा मेहताले आज संसदमा उठेका प्रश्नहरुको जवाफ दिने क्रममा औषधीको मूल्य समायोजनको तयारीमा जुटेको जानकारी गराएकी हुन् ।

उनले त्यसका लागि एक साता भित्रै औषधी परामर्श परिषद्को बैठक बस्ने समेत जानकारी दिएकी छन् ।

सांसदहरुले क्यान्सरको उपचारमा प्रयोग हुने सिस्प्लाटिन, कार्बोप्लाटिनको अभावको विषयमा उठाइएका प्रश्नको जवाफ दिने क्रममा मन्त्री मेहताले भनिन् , ‘सरकारले ११७ प्रकारका औषधीको मूल्य तोकेको थियो । त्यसमा कार्बोप्लाटिन, सिस्प्लाटिन जस्ता औषधी पनि पर्दछन् । तर एक दशक देखि ती औषधीको मूल्य समायोजन भएको छैन । अहिले विषम परिस्थितिका कारण बिश्व बजारमा नै यी औषधीको अभाव भइरहेको अवस्थामा पुरानो मूल्यका कारण थप समस्या भएको छ । त्यसैले हामीले मूल्य समायोजन स्वचालित मूल्यको पद्धती लागू गर्न खोज्दैछौँ,’ उनले भनिन् ।

मन्त्री मेहताले हालका लागि क्यान्सरका सिस्प्लाटिन र कार्बोप्लाटिन लगायतका औषधीहरु ११ वटा स्थानबाट वितरण भइरहेको समेत जानकारी दिईन् ।

नेपाली हेल्थमा प्रकाशित समाचार / स्वास्थ्य सामग्री पढ्नु भएकोमा धन्यवाद। प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुझाव साथै लेख,
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।

Leave a Reply

Your email address will not be published. Required fields are marked *