वीर अस्पतालका रेजिडेन्ट चिकित्सकले २४ घन्टाको ड्युटीपछि पाउने भए छुट्टी

काठमाडौँ, १ असार । चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान (न्याम्स) अन्तर्गत वीर अस्पतालमा अध्ययनरत रेजिडेन्ट चिकित्सकहरूले २४ घन्टाको ड्युटीपछि छुट्टी पाउने भएका छन् ।
न्याम्सका सहायक डीन प्राडा विकास विक्रम सिंह अधिकारीले सोमबार परिपत्र जारी गर्दै रेजिडेन्ट चिकित्सकहरूले २४ घन्टाको ड्युटी पूरा गरेपछि बिहानको राउण्ड सकिएलगत्तै अनिवार्य रूपमा छुट्टी दिने व्यवस्था लागू गर्न सम्बन्धित सबै विभाग तथा कार्यक्रमलाई निर्देशन दिएका छन् ।
लामो समयदेखि रेजिडेन्ट चिकित्सकहरूले अत्यधिक कार्यभार तथा लामो ड्युटी अवधि भोग्दै आएको गुनासो गर्दै आएका थिए।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : [email protected]
सम्पर्क इमेल : [email protected]




नेपाली हेल्थ 

