यी हुन् काठमाडौँ महानगरपालिकाले आज सार्वजनिक गरेको १०१ बुँदे नीति तथा कार्यक्रममा परेको स्वास्थ्यको ८ बुँदा

64
Shares

काठमाडौँ, ३१ जेठ । काठमाडौँ महानगरपालिकाले आर्थिक वर्ष २०८३/०८४ को लागि नीति तथा कार्यक्रम सार्वजनिक गरेको छ । महानगरकी कार्यवहाक प्रमुख सुनिता डंगोलले नगर सभाको १९ औँ अधिवेशन बैठकमा नीति तथा कार्यक्रम सार्वजनिक पेश गरेकी हुन् ।

उक्त अवसरमा बोल्दै कार्यवहाक प्रमुख डंगोलले दीर्घकालीन सोच, उद्देश्य र योजना, तथा चालु आर्थिक वर्ष २०८२र०८३ मा सम्पन्न नभएका वहुवर्षिय कार्यक्रमलाई सम्बोधन गर्ने नीतिलाई निरन्तरता दिइएको बताईन । उनले नीति तथा कार्यक्रममा ११ क्षेत्र समेटेर १०१ बुँदामा नीति पेश गरेकी हुन् ।

आगामी वर्षको कार्यक्रम तर्जुमा गर्दा काठमाडौँको ऐतिहासिकता, सांस्कृतिक सम्पदा, भौतिक तथा आधुनिक सहरी सभ्यतालाई आधार मानिएको बताइएको छ ।

आज पेश भएको कुल १०१ बुँदे नीति तथा कार्यक्रममा शुलभ स्वास्थ्य सेवा अन्तर्गत आठ वटा बुँदा स्वास्थ्यका समेटिएका छन् ।

हेर्नुहोस महानगरको नीति तथा कार्यक्रममा समेटिएका स्वास्थ्य भित्रका ८ बुँदा

१. शहरी स्वास्थ्य प्रबर्धन केन्द्रको क्षमता वृद्धि गरी समयसापेक्ष, आधुनिक र प्रविधिमैत्री स्वास्थ्य सेवा सञ्चालन गरिनेछ ।

२. आरोग्य जीवनका लागि आयुर्वेद, वैकल्पिक चिकित्सा, योग, व्यायाम, प्राणायाम तथा ध्यान मार्फत शारिरीक, मानसिक, आत्मिक स्वस्थ जीवनशैली पद्धतिको प्रवर्धन गरिनेछ ।

३. निःशुल्क एम्वुलेन्स सेवालाई निरन्तरता दिदै महानगर क्षेत्रभित्रका साँघुरा सडक र बढ्दो सवारी चापलाई मध्यनजर गर्दै बाईक एम्बुलेन्स सेवा सञ्चालनमा ल्याईनेछ।

४. महानगरवासीको मृगौला रोगको उपचारका लागि डायलसिस सेवालाई सहजीकरण गरिनेछ ।

५. मातृशिशु तथा प्रजनन स्वास्थ्य सेवा सम्बन्धी विशेष कार्यक्रम सञ्चालन गरिनेछ । सार्वजनिक स्थानमा ब्रेस्ट फिडिङ एण्ड केयर ब्लक्स सेवाको व्यवस्थापन गरिनेछ ।

६. महानगरपालिका क्षेत्रभित्र सञ्चालनमा रहेका अस्पताल तथा स्वास्थ्य संस्थाहरुको नियमन तथा अनुगमन गरी गुणस्तरीय सेवा प्रवाहको लागि प्रोत्साहन गरिनेछ । साथै विपन्न तथा असहाय नागरिकलाई १० प्रतिशत निःशूल्क उपचार गर्ने व्यवस्थालाई कडाईका साथ लागु गरिनेछ ।

७. महानगरवासीलाई गुणस्तरीय र विशिष्ट स्वास्थ्य सेवा प्रवाह गर्न महानगर अस्पताल निर्माण गरिनेछ ।

८.  परिवर्तित जीवनशैलीका कारण तिब्र रुपमा उत्पन्न मानसिक स्वास्थ्य समस्या न्यूनिकरण गर्न मनोपरामर्श सेवा र कल सेन्टर सञ्चालनमा ल्याइने छ ।

९. जेष्ठ नागरिकहरुका लागि निमोनिया खोप, महानगरबासीको स्वास्थ्य परीक्षण, स्वास्थ्य संस्थाहरुसंगको सहकार्यमा नियमित सेवा र आकस्मिक स्वास्थ्य शिविरहरु सञ्चालन गरिनेछ ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : [email protected]

Leave a Reply

Your email address will not be published. Required fields are marked *