कोशी अस्पतालको प्रमेसुको जिम्मेवारीमा डा. चन्द्रभाल झा नियुक्त

424
Shares

काठमाडौँ, ३० जेठ । प्रमुख कन्सलटेन्ट डर्माटोलोलिष्ट डा चन्द्रभाल झा कोशी अस्पतालको प्रमुख मेडिकल सुपरीटेण्डेन्ट (प्रमेसु) नियुक्त भएका छन् । शुक्रबार स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्री निशा मेहताले मन्त्रीस्तरीय निर्णय गर्दै एघारौँ तहका डा झालाई अस्पतालको प्रमेसु बनाएकी हुन् ।

त्यसो त डा झा यसअघि पनि कोशीको प्रमेसु बनेका थिए । तर बीचको केही समय उनी स्वास्थ्य सेवा विभाग इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा (इडिसिडी)को निर्देशकको जिम्मेवारी पाएपछि काठमाडौँ आएका थिए । तर अघिल्लो सरकारले उनलाई पुन उनलाई बिराटनगर फर्काइएको थियो । यद्धपी उनलाई मुख्य जिम्मेवारी दिइएको थिएन ।

म त प्रमख कन्सलटेन्टको रुपमा सेवा दिईरहेको थिएँ । हिजो प्रमेसुको जिम्मेवारी दिने निर्णय भएको भन्ने खबर आयो । पछि सो सम्वन्धी पत्र अस्पतालमा पनि आइसकेको भन्ने थाहा पाएँ । यद्धपी मैले भने बुझ्न भ्याएको छैन । छोटो प्रतिक्रिया दिदै डा झाले भने ।
यसअघि अस्पतालको प्रमेसु डा रामनारायण चौधरी थिए ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : [email protected]

Leave a Reply

Your email address will not be published. Required fields are marked *