दर्ता विनाको अस्पतालमा काम गर्ने तीन चिनियाँ चिकित्सकको अस्थायी दर्ता निलम्बन

120
Shares

काठमाडौँ, २८ जेठ । नेपाल मेडिकल काउन्सिलले अनुमति नभएको संस्थामा आवद्ध भई चिकित्सा अभ्यासमा सम्लग्न रहेका तीन जना चिनियाँ चिकित्सकहरुको विदेशी नागरिक चिकित्सक अस्थायी दर्ता निलम्बन गरेको छ ।

गत १८ जेठमा बसेको काउन्सिलको पूर्ण बैठकले निलम्बन गर्ने निर्णय गरेको हो ।

निलम्बनमा पर्नेहरुमा डा उ सिएनलिन, डा चेन सिएलिन र डा लिउ जिकिन रहेका छन् ।

काउन्सिल रजिष्ट्रार डा दीपेन्द्र पाण्डेका अनुसार यी तीन जना चिकित्सकले दर्ता नभएको बालुवाटारस्थित मारिया हस्पिटलमा काम गर्दै आएका थिए । उजुरी पछि गत १ जेठमा काउन्सिलबाट गठित अनुगमन टोलीले निरीक्षण गरेपछि गैरकानूनी रुपमा काम भएको पत्ता लागेको थियो ।

डा पाण्डेले जारी गरेको विज्ञप्तीमा भिसा सर्त विपरित अवैध संस्थामा काम गर्ने ती विदेशी चिकित्सकहरुको कार्य सहमति तत्काल रद्ध गरी उनीहरुको गैर पर्यटकीय भिसा तथा श्रम इजाजत समेत खारेजी गर्न तथा अन्य कार्वाही प्रक्रिया अघि बढाउन सरकारको ध्यानाकर्षण गराईएको उल्लेख गरिएको छ ।

काउन्सिलले विना दर्ता सञ्चालित उक्त अस्पताललाई भौतिक रुपमा बन्द गर्न तथा कार्वाही गर्न काठमाडौँ महानगर, जिल्ला प्रशासन कार्यालय र जिल्ला प्रहरी कार्यालयमा उजुरी गरिएको जनाएको छ ।

यस्तै काउन्सिलले उक्त अस्पतालको बोर्डमा आफ्नो नाम नम्बर र कार्यरत संस्थाको नाम समेत उल्लेख गरी प्रचार प्रसार गरेको भन्दै त्यहाँ कार्यरत केही नेपाली चिकित्सकलाई समेत तीन दिन भित्र स्पष्टीकरण पेश गर्न भनेको छ ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : [email protected]

Leave a Reply

Your email address will not be published. Required fields are marked *