हुम्लाको नाम्खा गाउँपालिका पूर्ण खोप सुनिश्चितता तथा दिगोपना घोषित

24
Shares

हुम्ला, २७ जेठ । हुम्ला जिल्लाको उत्तरी क्षेत्रको नाम्खा गाउँपालिकालाई पूर्ण खोप सुनिश्चितता तथा दिगोपना गाउँपालिका घोषणा गरिएको छ।

आर्थिक वर्ष २०८२/८३ का लागि गाउँपालिकाभित्रका जन्मेदेखि सो महिनादेखि २३ महिनासम्मका सबै बालबालिकाले राष्ट्रिय खोप तालिकाअनुसार खोप प्राप्त गरेपछि गाउँपालिकालाई मंगलबार एक कार्यक्रमको आयोजना गरी पूर्ण खोप सुनिश्चितता घोषणा गरिएको हो।

स्थानीय स्रोतको उपयोग, स्वामित्व र सहभागिताः पूर्ण खोप, सुरक्षित भविष्य’ भन्ने मूल नारासहित आयोजित कार्यक्रममा नाम्खा गाउँपालिकालाई औपचारिक रूपमा पूर्ण खोप सुनिश्चितता तथा दिगोपना गाउँपालिका घोषणा गरिएको गाउँपालिकाको स्वास्थ्य शाखाले जानकारी दिएको छ ।

सरोकारहरुको समन्वय र मातहतका स्वास्थ्य संस्थाहरूको सक्रियतामा मापदण्ड अनुसार छ वटै वडाका लक्षित उमेर समूहका बालबालिकालाई पूर्ण खोप सेवा प्रदान गरिए पछि यस्तो घोषणा गरिएको हो।

गाउँपालिका भित्रका सबै सोहदेखि २३ महिनाका बालबालिकाले नियमित खोप प्राप्त गरेपछि विभिन्न चरणको प्रमाणीकरण प्रक्रिया पूरा गरी गाउँपालिकालाई पूर्ण खोप सुनिश्चितता घोषणा गरिएको स्वास्थ्य शाखाले जनाएको छ ।

उक्त गाउँपालिकामा ४६ जना बालबालिका रहेका छन। गाउँपालिका अध्यक्ष तथा गाउँपालिका खोप समन्वय समितिका संयोजक प्रेम लामाले पूर्ण खोप सुनिश्चितता घोषणा गर्नु मात्र उपलब्धि नभएकाले अब यसको दीगोपनामा ध्यान दिनुपर्नेमा जोड दिए। यसअघि खार्पुनाथ गाउँपालिका घोषित भइसकेको छ भने अन्य पाँच वटा गाउँपालिका बाँकी छन्।

नेपाली हेल्थमा प्रकाशित समाचार / स्वास्थ्य सामग्री पढ्नु भएकोमा धन्यवाद। प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुझाव साथै लेख,
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।

Leave a Reply

Your email address will not be published. Required fields are marked *