चिकित्सक लाइसेन्स परीक्षाका लागि अब काठमाडौँ धाउन नपर्ने

काठमाडौँ, २६ जेठ । नेपाल मेडिकल काउन्सिलले आगामी आर्थिक वर्ष देखि काठमाडौँबाहिरबाट समेत लाइसेन्स परीक्षा सञ्चालन गर्ने निर्णय गरेको छ ।
गत १८ जेठमा बसेको काउन्सिलको पूर्ण बैठकले उपत्यका बाहिर समेत लाइसेन्स परीक्षा सञ्चालन गर्ने निर्णय गरेको हो ।
काउन्सिलका रजिष्ट्रार डा दिपेन्द्र पाण्डेले १८ जेठको बैठकले गरेको १८ वटा निर्णय आज सार्वजनिक गरेका थिए ।
नयाँ निर्णयपछि उपत्यका बाहिर रहेका चिकित्सकहरुलाई लाइसेन्स परीक्षाकै लागि काठमाडौँ आउनु पर्ने बाध्यता हट्ने छ ।



समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : [email protected]
सम्पर्क इमेल : [email protected]




नेपाली हेल्थ 

