सचिवका रुपमा डा. विकासले अब स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयको सिंगो जिम्मेवारी सम्हाल्नु पर्ने

56
Shares

काठमाडौँ, २५ जेठ । यसअघि स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालय आधा जिम्मेवारी सचिव डिल्लीराम शर्माले सम्हाल्थे, आधा डा. विकास देवकोटाले । तर अब भने सचिवको पूर्ण जिम्मेवारी डा. विकासले नै सम्हाल्नु पर्ने भएको छ ।

गत शुक्रबारको मन्त्रिपरिषद् बैठकले स्वास्थ्यमा कार्यरत सचिव शर्मालाई प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा तान्ने निर्णय गर्दा उनको ठाउँमा नयाँ सचिव पठाउने निर्णय गरेन ।

कारण, ‘नेपाल सरकार कार्य विभाजन नियमावली, २०८३’ हो ।

यहि नियमावली अनुसार यसअघि नै साविकका २२ वटा मन्त्रालयलाई घटाएर १८ वटा झारेको सरकारले निजामती प्रशासनतर्फका सचिवहरूको दरबन्दी मिलान सुरु गरेको छ ।

सोही अनुसार स्वास्थ्यमा रहेको सचिवको दुई दरबन्दीबाट एक कटौती गरेको हो ।

हुन पनि साविकको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा स्वास्थ्य सेवातर्फ र प्रशासनतर्फ गरी दुई जना सचिव रहने व्यवस्था थियो।

तर, नयाँ नियमावली अनुसार सरकारले प्रशासनतर्फका सचिवलाई सरुवा गर्दै स्वास्थ्य मन्त्रालयमा अब एक जना मात्र सचिव रहने व्यवस्था सुनिश्चित गरेको हो।

सोही अनुसार स्वास्थ्यमा डा. डा देवकोटा मात्रै सचिव रहने भएका हुन् । उनलाई सघाउँन १२ औँ तहकै अरु चार जना अतिरिक्त सचिव विभिन्न ठाउँको जिम्मेवारी लिएर रहने नै छन् ।

 

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : [email protected]

Leave a Reply

Your email address will not be published. Required fields are marked *