ईशान बाल तथा महिला अस्पतालमा सुरु भयो सिटिस्क्यान सेवा

एक महिनासम्म १० प्रतिशत छुटको घोषणा

काठमाडौँ, २५ जेठ । बसुन्धरास्थित ईशान बाल तथा महिला अस्पतालले सिटिस्क्यान सेवा थप गरेको छ । अस्पतालले आजैबाट मेसिनको औपचारिक प्रारम्भ समेत गरेको छ ।

नयाँ सेवा प्रारम्भ भएको अवसरमा आज देखि एक महिनासम्म सिटिस्क्यान सेवा शुल्कमा १० प्रतिशत छुटको घोषणा गरेको छ ।

अस्पतालका निर्देशक प्राडा आरपी चौधरीले एडभान्स लेभलको बालमैत्री मेसिन जडान गरी आजबाट सञ्चालनमा ल्याई सकिएको भन्दै यसले सेवाको गुणस्तर तथा चुस्ततालाई थप उचाईमा पुरयाउने बताए ।

‘हामीले यसअघि सिटिस्क्यान गर्नु पर्ने बिरामीका लागि बाहिर पठाउनु पर्ने थियो, त्यसले बिरामीलाई झन्झट, रिपोर्टमा ढिलाई हुन्थ्यो । अब अस्पतालमै यो मेसिन भएपछि आवश्यकता अनुसार चलाउन पाइयो, रिपोर्ट पनि छिटो उपलव्ध हुने भयो,’ डा चौधरीले भने ।

निजी क्षेत्रबाट सञ्चालित नेपालकै पहिलो बाल अस्पताल ईशान अहिले महिलाहरुको उपचारका लागि समेत बेग्लै छवि बनाएको छ ।

नयाँ नयाँ अत्याधुनिक उपकरण तथा प्रविधि भित्र्याउँदै उपचार सेवामा फड्को मार्दै आएको ईशानले पछिल्लो पटक सुरु भएको नयाँ सेवालाई त्यसैको एक निरन्तरता भएको जनाएको छ ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : [email protected]

Leave a Reply

Your email address will not be published. Required fields are marked *