दूषित खाानकै कारण विश्वमा प्रत्येक वर्ष ४ लाख २० हजारको ज्यान जान्छ, नेपालमा कति ?

16
Shares

काठमाडौँ, २४ जेठ । दुषित खानाका कारण नेपालमा कति नागरिकले बिरामी हुन्छन् र ज्यान गुमाउछन् भन्ने एकीन तथ्यांक छैन । तर विश्वमा यसको दर भयावह रहेको छ ।

विश्व स्वास्थ्य संगठन (डब्लुएचओ)का अनुसार विश्वमा प्रत्येक वर्ष करीव ६० करोड मानिसहरु दूषित खानाकै कारण बिरामी पर्ने र ४ लाख २० हजारको अकाल मृत्यु हुने गरेको छ ।

त्यसैले डब्लुएचओले यसवर्षको दिवसको नारा ‘सबैतिर स्वच्छ खानपान, खाद्यजन्य समस्याको समाधान’ भन्ने तय गरेको छ ।

यसैबीच दिवसको अवसरमा स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले एक सन्देश जारी गर्दै सरकार स्वच्छ खानपानको सुनिश्चिता मार्फत जनस्वास्थ्यमा सुधार ल्याउन प्रतिवद्ध रहेको जनाएको छ ।

स्वास्थ्य मन्त्री निशा मेहताद्धारा जारी सन्देशमा खाद्य स्वच्छतालाई सुदृढ बनाउन सरकारले खाद्य स्वच्छता तथा गुणस्तर ऐन २०८१ जारी गरिसकेको भन्दै यसको प्रभावकारी कार्यान्वयनलाई उच्च प्राथमिकतामा राखिएको उल्लेख छ ।

मन्त्रालयले खाद्य परीक्षण प्रयोगशालाहरुको सवलीकरण, जोखिममा आधारित बजार अनुगमन र नीतिगत सुधारका कार्यहरुलाई तिब्रता दिइएको समेत बताएको छ ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : [email protected]

Leave a Reply

Your email address will not be published. Required fields are marked *