स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयलाई संसद भवन-१ मा सार्ने निर्णय

252
Shares

काठमाडौँ, २३ जेठ । सिंहदरबारस्थित नेपाली सेनाको नरसिंह दल गण परिसरको खाली जग्गामा बनाएको ६ वटा ‘प्रिफ्याव ब्लक’ र केही पुराना टहरालाई टालटुल गरी काम चलाएको स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले अब पक्कि र ठूलो भवन पाउने भएको छ ।

अबको केही साता पछि मन्त्रालय सिंहदरबार परिसरकै हाल संसद भवन १ लेखिएको ठूलो पक्की भवनमा सर्ने भएको हो ।

‘स्वास्थ्यका लागि नयाँ भवनको विषयमा निर्णय भईसकेको छ । हामीलाई पत्र समेत प्राप्त भईसकेको छ,’ स्वास्थ्य सचिव डा. विकास देवकोटाले भने,  ‘सम्भवत अब असारको दोस्रो साता पछि हामीले संसद भवन-१ बाट काम गर्न थाल्नेछौँ ।’

गत भदौको जेन जी आन्दोलनबाट रामशाहपथमा रहेको स्वास्थ्यको मुख्य भवन जलेपछि मन्त्रालय केही समय संगै रहेको नेपाल स्वास्थ्य अनुसन्धान परिषद्को भवनबाट आफ्नो नियमित सेवा दिन थालेको थियो । त्यसको केही महिनापछि मन्त्रालयलाई सिंहदरबार भित्र नर्सिङ दल गण परिसरमा तयार पारिएको ब्लक तथा टहरा तयार सारिएको थियो । यद्धपी मन्त्रालयको लेखा, गुणस्तर मापन तथा निरीक्षण महाशाखा, आपतकालीन तथा विपद व्यवस्थापन एकाई लगायतका सेवाहरु अहिले पनि रामशाहपथको एनएचआरसी नयाँ भवनबाट चलिरहेको छ ।

स्वास्थ्यलाई संसद भवन १ उपलव्ध गराउन गत १२ जेठमा बसेको सिंहदरबार केन्द्रीय सचिवालय व्यवस्थापन निर्देशक समितिको बैठक निर्णयले काम गरेको हो ।

मुख्य सचिव सुमनराज अर्याल अध्यक्षतामा बसेको बैठकले संघीय संसदको नयाँ भवनहरु निर्माणको अन्तिम चरणमा रहेको भन्दै त्यसपछि खाली हुने दुई मुख्य भवनहरु मन्त्रालयहरुमा मन्त्रालय सार्ने निर्णय निर्णय भएको थियो ।

त्यसबेला संसद भवन-१ स्वास्थ्यलाई दिने निर्णय हुँदा संसद भवन -२ युवा श्रम तथा रोजगार मन्त्रालयलाई प्रयोग गर्न दिने निर्णय भएको थियो ।

 

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : [email protected]

Leave a Reply

Your email address will not be published. Required fields are marked *