स्वास्थ्य मन्त्रालयका सचिव डिल्लीराम शर्माको सरुवा

832
Shares

काठमाडौँ, २३ जेठ । स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयका सचिव डिल्लीराम शर्माको सरुवा भएको छ । गत मंगलबार बसेको मन्त्रिपरिषद्को बैठकले उनलाई प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा सरुवा गरेको हो ।

‘डिल्ली सरको प्रधानमन्त्री कार्यालयमा सरुवा भएको छ,’ स्वास्थ्य मन्त्रालयका एक अधिकारीले भने ।

स्वास्थ्यमा आएका शालिन सचिव मध्येका एक मानिने शर्मा पछिल्लो समय सञ्चार माध्यमहरुसंग असजिलो व्यवहारमा देखिन्थे ।

उनले स्वास्थ्य मन्त्रालयको विषयमा आउने हरेक प्रश्नमा माथिको आदेश भनेर बोल्न हिच्किचाएका थिए भने सामान्य सूचनाका लागि सञ्चारकर्मीहरुलाई ‘सूचनाको हक (आरटीआई) प्रयोग गर्न’ भन्ने गरेका थिए ।

एक वर्ष अघि अर्थात १२ जेठ २०८२ मा बसेको मन्त्रिपरिषद्को बैठकले शर्मालाई स्वास्थ्य मन्त्रालयमा सरुवा गरेको थियो । यस हिसावले उनले स्वास्थ्यमा एक वर्ष एक साता कार्यरत रहे ।

नेपाली हेल्थमा प्रकाशित समाचार / स्वास्थ्य सामग्री पढ्नु भएकोमा धन्यवाद। प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुझाव साथै लेख,
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।

Leave a Reply

Your email address will not be published. Required fields are marked *