नेपाल चिकित्सक संघको नयाँ नेतृत्वले भेट्यो स्वास्थ्य मन्त्री, राख्यो १६ बुँदे माग
काठमाडौँ, २२ जेठ । नेपाल चिकित्सक संघको गत महिना सम्पन्न निर्वाचनबाट निर्वाचित डा बद्री रिजाल नेतृत्वको नयाँ कार्य समितिले शुक्रबार स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्री निशा मेहतालाई भेट चिकित्सकहरुको हक हित र सुविधा समेतका गरी १६ बुँदे माग राखेको छ ।
दिउसो सिंहदरबारस्थित मन्त्रालयमा डा रिजालको नेतृत्वमा पुगेको प्रतिनिधि मण्डलले मन्त्री मेहता समक्ष १६ बुँदे माग सहितको ध्यानाकर्षण पत्र बुझाएको हो ।
मन्त्रीलाई बुझाएको पत्रमा हालै बजेटमा आएको ३ प्रतिशत समता स्वास्थ्य सेवा शुल्क खारेज गर्नु पर्ने देखि चिकित्सकलाई सत प्रतिशत प्रोत्साहन भत्ता थप गर्नुपर्ने सम्मका विषयहरु उल्लेख छ ।
यस्तै डिउटी आवर, ओभरटाइम गणना देखि निजीमा कार्यरत चिकित्सकलाई सरकारी सरहको सुविधा दिनु पर्ने सम्मका विषयहरु छन् ।
ध्यानाकर्षण पत्र बुझ्दै मन्त्री मेहताले थप अध्ययन् गरेर आवश्यकता अनुसार माग पुरा गर्ने आश्वासन दिईन् ।
हेर्नुहोस चिकित्सकले बुझाएको १६ बुँदे ध्यानाकर्षण पत्र



सम्पर्क इमेल : [email protected]




नेपाली हेल्थ 

