शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिले कार्य सम्पादनलाई व्यवस्थित गर्न बनायो पाँचवटा उपसमिति

काठमाडौँ, २१ जेठ । प्रतिनिधि सभा अन्तर्गत शिक्षा स्वास्थ्य तथा सूचना प्रविधि समितिको बुधबार बसेको पाँचौँ  बैठकले आफ्नो कार्यसम्पादनलाई व्यवस्थित तथा परिणाममुखी बनाउन भन्दै पाँच वटा उपसमिति गठन गरेको छ ।

समिति सभापति डा. ओजश्वी शेरचनको अध्यक्षतामा बसेको बैठकले स्वास्थ्य तथा खाद्य स्वच्छता सम्वन्धी अध्ययन उपसमिति, शिक्षा सम्वन्धी अध्ययन उपसमिति, विज्ञान प्रविधि तथा नवप्रवर्तन सम्वन्धी अध्ययन उपसमिति, सूचना तथा सञ्चार सम्वन्धी अध्ययन उपसमिति र खेलकुद सम्वन्धी अध्ययन उपसमिति गठन गरेको हो ।

सभापति डा शेरचनले बैठकले समितिको कार्यलाई पारदर्शी, उत्तरदायी र मर्यादित ढङ्गले सञ्चालन गर्न समितिको कार्यविधि तथा आचारसंहिता समेत पारित गरेको बताईन ।

उपसमितिमा को को ?


स्वास्थ्य तथा खाद्य स्वच्छता सम्वन्धी अध्ययन उपसमिति:

१. कामिनी कुमारी
२. प्राडा चन्द्रमोहन यादव
३. डा तोसिमा कार्की
४. प्रभा ढकाल
५. रिंगला यादव
६ डा लेखजंग थापा

शिक्षा सम्वन्धी अध्ययन उपसमिति
१. गणेश पौडेल
२. गुरुप्रसाद बराल
३. जगतप्रसाद जोशी
४. रमेशकुमार मल्ल
५. राधिका रम्तेल

विज्ञान प्रविधि तथा नवप्रवर्तन सम्वन्धी अध्ययन उपसमिति
१. कुसुम महर्जन
२. झबिलाल डुम्रे
३. पुकार बम
४. डा प्रमिलाकुमारी गच्छदार
५.  महावीर पुन

सूचना तथा सञ्चार सम्वन्धी अध्ययन उपसमिति
१. खुस्बु सरकार श्रेष्ठ
२. शम्भुकुमार यादव
३. रबिन महतो
४. विष्णुबहादुर खड्का
५. हरिप्रसाद भुसाल

खेलकुद सम्वन्धी अध्ययन् उपसमिति
१. अचुतम लामिछाने
२. चन्दनकुमार सिंह
३. भीमकुमारी बुढा मगर
४. राजन गौतम
५. सीता थपलिया

उपसमितिलाई प्रतिनिधि सभा नियमावली २०८३ को अधिनमा रही समितिको कार्यक्षेत्र अन्तर्गत रही आफ्नो विषय क्षेत्रमा अध्ययन गर्ने जिम्मेवारी दिईको छ । ती उपसमितिहरुलाई छ महिनाको कार्यअवधी दिइएको छ । उपसमितिले आफूले अध्ययन गरेको कुनै विषयमा सम्वन्धित निकायलाई निर्देशन दिनु पर्ने भएमा समिति समक्ष सुझाव सहित पेश गर्नु पर्नेछ ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : [email protected]

Leave a Reply

Your email address will not be published. Required fields are marked *