कांग्रेस नेता श्रेष्ठ अस्वस्थ, नेपाल क्यान्सर अस्पतालमा उपचार हुँदै

काठमाडौँ, २० जेठ । पूर्व मन्त्री एवं नेपाली कांग्रेसका पूर्व उपसभापति गोपालमान श्रेष्ठ अस्वस्थ भएका छन् । उनी अहिले हरिसिद्धिस्थित नेपाल क्यान्सर अस्पतालमा उपचाररत छन् ।
नेता श्रेष्ठलाई पेटको क्यान्सर भएको बताइएको छ ।
बुधबार कांग्रेस उपसभापति विश्व प्रकाश शर्मा नेपाल क्यान्सर अस्पताल पुगी नेता श्रेष्ठको स्वास्थ्य अवस्था बुझ्दै स्वास्थ्य लाभको कामना गरेर फर्केका छन् ।
त्यसअघि सोमबार मात्रै तरुण दलका निवर्तमान अध्यक्ष विद्धान गुरुङको टोलीले पनि नेता श्रेष्ठलाई भेटेर स्वास्थ्य लाभको कामना गरेका थिए ।
७८ वर्षीय श्रेष्ठ शिक्षा, स्थानीय विकास तथा उपप्रधान एवं शिक्षा मन्त्री बनेका थिए ।
पहिले शेरबहादुर निकट मानिने श्रेष्ठ पछिल्लो पटक गगन थापा समूहले विशेष महाधिवेशन गर्दा समर्थन गर्दै खुल्ने पुराना नेता मध्ये पर्दछन् ।
सम्पर्क इमेल : [email protected]




नेपाली हेल्थ 

