स्वास्थ्य बीमा बोर्डका सम्पूर्ण सामग्रीको ढुवानी तथा वितरण अब हुलाकबाट

716
Shares

काठमाडौँ, १९ जेठ । यसअघि स्वास्थ्य बीमा बोर्डले मोफसलमा रहेका आफ्ना कार्यालयहरुमा पठाउने सामग्रीहरुको ढुवानी तथा वितरणको काम निजी कुरियर मार्फत गर्दै आएको थियो । तर आज देखि भने बोर्डको सामग्रीहरु सरकारी संयन्त्रमार्फत ढुवानी हुन थालेको छ ।

स्वास्थ्य बीमा बोर्डले ‘सरकारी रेट’मै आफ्ना सामग्रीहरुको ढुवानी तथा वितरण गर्नका लागि हुलाक सेवा विभागसंग सम्झौँता गरेको थियो । सोही अनुसार आज पहिलो खेपको रुपमा विभिन्न जिल्लामा १२० केजी सामग्री हुलाकबाट ढुवानी हुँदैछ ।

स्वास्थ्य बीमाका सामग्रीहरु ढुवानी गर्नु अघिल्लो दिन सोमबार हुलाक सेवा विभागका महानिर्देशक मनमाया भट्टराई पंगेनी र बोर्डका निमित्त कार्यकारी निर्देशक शकुन्तला प्रजापतिबीच नगदी रसिद, दर्ता तथा नवीकरण फारम, चिठी पत्र तथा सूचना प्रविधि उपकरण (ल्यापटप, प्रिन्टर, कम्प्युटर) लगायतका सामग्रीहरु हुलाक सेवा ढुवानी तथा वितरण गर्ने सम्झौँता भएको थियो ।

‘हामीले यसअघि निजी कुरियरबाट यस्ता सामग्री पठाउने गरेका थियौँ । अब हुलाक सेवा विभागले नै त्यो काम गर्न थालेपछि हामी बाहिर खोज्ने कुरा भएन । त्यसैले हामीले विभागलाई रोज्यौँ बोर्डका निमित्त कार्यकारी निर्देशक प्रजापतिले अगाडी थपिन् हुलाकबाट काम गर्दा थप सुरक्षित, भरपर्दो र शुल्क दरमा पनि सहुलियत हुने रहेछ । आर्थिक संकटबाट गुज्रिएको बोर्डका लागि यो राहतको विषय पनि हो,’ उनले भनिन् ।

यता विभागकी महानिर्देशक पंगेनीले हिजो सम्झौँता भएपछि आजैबाट बीमा बोर्डको ढुवानी तथा वितरण सुरु भएको बताईन ।

‘बोर्डले आजबाट  पहिलो खेपका रुपमा १२० केजी सामग्रीहरु विभिन्न जिल्लामा पठाउँदै छ । ती सामग्रीहरु ढुवानीका साधनले जिल्लास्थित स्वास्थ्य बीमा बोर्ड कार्यालयमा सुरक्षित ढंगले समयमै पुराउने छन्,’उनले भनिन् ।

ढुवानीका लागि हुलाकमा पुगेका स्वास्थ्य बीमा बोर्डका सामग्रीहरु

यसअघि राष्ट्रिय स्वास्थ्य शिक्षा सूचना तथा सञ्चार केन्द्रले पनि आफ्ना सामग्रीहरु हुलाक सेवाबाटै देशभर पुराउने सम्झौँता गरिसकेको छ ।

महानिर्देशक पंगेनीले स्वास्थ्यका अन्य निकायले पनि हुलाक सेवा विभागसंग सम्झौँता गरेर आफ्ना सामग्रीहरुको वितरण तथा ढुवानी गर्न चाहिरहेको बताईन ।

नेपालले युनिभर्सल सर्भिस अब्लिगेसन भनेरविश्व हुलाक संघमा हस्ताक्षर गरेका कारण दुर्गम क्षेत्रमा सेवा पुराउदा पनि सेवाको मूल्य बढाउन पाईदैन । यसले आम जनतालाई समेत राहत पुगेको पंगेनीले स्पष्ट पारिन् ।

देशका जिल्ला मात्रै होइन, स्थानीय तहका वडा वडासम्म आफ्नै संंयन्त्र भएको हुलाक सेवा विभागमा पछिल्ला केही वर्ष देखि इन्टरनेट र सामाजिक सञ्चालबाटै खबर आदानप्रदान हुन थालेपछि चिठी पत्रको काम लगभग रोकिएको थियो । अब कुरियर सेवा नै सुरु गरेपछि ती समस्याबट जनताले ठूलो राहत पाउने छन् ।

 

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *