चुरोटमा लाग्दै आएको अन्तशुल्क कर १० प्रतिशतले बृद्धि

24
Shares

काठमाडौँ, १५ जेठ । सरकारले चुरोटमा लाग्दै आएको अन्तशुल्क करमा १० प्रतिशतले बृद्धि गरेको छ । अर्थ मन्त्री डा स्वर्णिम वाग्लेलले प्रस्तुत गरेको बजेटमा आगामी आर्थिक वर्षका लागि १० प्रतिशतले चुरोटमा र मदिरामा अन्तशुल्क कर लगाएको बताए ।

यो संगै यसवर्ष पनि चुरोट तथा सुर्तीजन्य पदार्थमा करको दर अपेक्षाकृत बढ्न सकेन ।

स्वास्थ्य विज्ञ तथा अभियन्ताले विश्व स्वास्थ्य संगठनले सिफारिस गरे बमोजिम कुल ७५ प्रतिशत पुराउनु पर्ने बताएका थिए । तर त्यस विपरित सरकारले अत्यन्त न्युन दरमा कर बढाएको छ ।

अहिले सुर्तीजन्य पदार्थमा ३३.३ प्रतिशत कर लाग्दै आएको छ ।

बार्षिक ३९ हजार २०० बढीको मृत्युको कारक सुर्तीजन्य पदार्थको मूल्य बढाई प्रयोग घटाउन विज्ञहरुले सरकारको ध्यानाकर्षण गराउँदै आएका थिए ।

नेपाली हेल्थमा प्रकाशित समाचार / स्वास्थ्य सामग्री पढ्नु भएकोमा धन्यवाद। प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुझाव साथै लेख,
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।

Leave a Reply

Your email address will not be published. Required fields are marked *