किओच काठमाडौँ र धुलिखेल अस्पतालका लागि बजेट विनियोजन, तिलगंगालाई कर छुट

200
Shares

काठमाडौं, १५ जेठ । सरकारले स्वास्थ्य सामुदायिक अस्पताललाई बजेट विनियोजन गर्ने घोषणा गरेको छ।

आर्थिक वर्ष २०८३/०८४ को बजेट वक्तव्य प्रस्तुत गर्दै अर्थमन्त्री डास्वर्णिम वाग्लेले धुलिखेल सामुदायिक अस्पताल र डा. भगवान कोइराला नेतृत्वको किओच काठमाडौँ बाल अस्पताललाई बजेट विनियोजन गरिने घोषणा गरेका हुन्।

उनले यी स्वास्थ्य संस्थाहरूलाई गुणस्तरीय उपचार सेवा विस्तार, विशेषज्ञ सेवा सुदृढीकरण तथा पूर्वाधार विकासका लागि सहयोग उपलब्ध गराउने जनाएका हुन् ।

यस्तै बजेटमा तिलगंगा आँखा प्रतिष्ठान लाई लेन्स उत्पादनमा लाग्दै आएको कर छुट दिने घोषणा पनि गरेको छ।

अर्थमन्त्री वाग्लेले बजेट प्रस्तुत गर्दै उक्त कर छुटले प्रतिष्ठानको लेन्स उत्पादन क्षमता वृद्धि हुने र स्वदेशमै सस्तो तथा गुणस्तरीय आँखासम्बन्धी उपचार सामग्री उत्पादनमा सहयोग पुग्ने बताए।

नेपाली हेल्थमा प्रकाशित समाचार / स्वास्थ्य सामग्री पढ्नु भएकोमा धन्यवाद। प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुझाव साथै लेख,
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।

Leave a Reply

Your email address will not be published. Required fields are marked *