चिकित्सा शिक्षा आयोगको उपाध्यक्ष बन्न १० जनाको दरखास्त

192
Shares

काठमाडौँ, १४ जेठ । चिकित्सा शिक्षा आयोगको रिक्त उपाध्यक्ष पदका लागि १० जनाको दरखास्त परेको छ । उपाध्यक्ष पदमा नियुक्तीका लागि नाम सिफारिस गर्न गठित समितिका अनुसार दरखास्तका लागि तोकिएको अवधी गत ३० बैशाख देखि १३ जेठसम्ममा १० जनाको दरखास्त परेको हो ।

समितिले उनीहरुलाई कार्ययोजनासहितको सोचपत्रको प्रस्तुतिकरण तथा अन्तर्वार्ता कार्यक्रममा सहभागी हुन आउनु भन्दै समय तोकेको छ ।

को कोले हाले दरखास्त ?
समितिले आज सार्वजनिक गरेको सूचीमा प्राडा गेहनाथ बराल, प्राडा दिनेशकुमार लम्साल, प्राडा दीपेन्द्र श्रेष्ठ, प्राडा देवेन्द्रबहादुर खत्री र सह प्राडा प्रमोदकुमार यादव रहेका छन् ।

यस्तै डा रोशन पोखरेल, प्राडा श्रीकृष्ण गिरी, प्राडा सञ्जयकुमार श्रेष्ठ, प्राडा सुरज बज्राचार्य र प्राडा शैलेश प्रधानले पनि आवेदन दिएका छन् । समितिले उनीहरुलाई २६ जेठका दिन कार्ययोजनाको प्रस्तुति दिन र २७ जेठका दिन अन्तर्वार्ताका लागि तयार हुन समय तोकेको छ ।

गत १९ बैशाखमा अध्यादेशबाट पूर्व १२ चैत अघि नियुक्त अधिकारीहरु हटाउने अध्यादेश ल्याउँदा त्यसबेला आयोगका उपाध्यक्ष रहेका प्राडा अञ्जनीकुमार झा हटनु परेको थियो ।

यसपटक तत्कालीन स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका पूर्व सचिव डा रोशन पोखरेलले पनि दरखास्त दिएका छन् भने यसअघि चार वर्ष उपाध्यक्ष भएर काम गरेका प्राडा श्रीकृष्ण गिरीले पनि दरखास्त हालेका छन् ।

प्राडा गिरीलाई गत सोमबार मात्रै प्रधानमन्त्री एवं आयोगका अध्यक्ष बालेन्द्र शाहले अर्को व्यवस्था नहुँदासम्मका लागि भन्दै उपाध्यक्ष पदमा रही कामकाज गर्न नियुक्ती दिएका छन् । उनले मंगलबारबाट नै आफ्नो कामकाज गर्न थालिसकेका छन् ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : [email protected]

Leave a Reply

Your email address will not be published. Required fields are marked *