डेण्टिष्ट्री समूहमा आयो ९/१० औँ तहको ६ नयाँ दरबन्दी, डेन्टल एसोसिएसन खुशी

काठमाडौँ, १४ जेठ । भूमि व्यवस्था, सहकारी, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले स्विकृत गरी पठाएको स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयको नयाँ संगठन तथा व्यवस्थापन (ओएनएम)मा डेण्टिष्ट्री समूह अन्तर्गत विभिन्न उपसमूहमा ६ वटा नयाँ दरबन्दी सिर्जना भएको छ ।
स्वास्थ्यले आज सार्वजनिक गरेको ओएनएममा ९/१० औँ तहका ओरल प्याथोलोजिष्ट, ओरल मेडिसिन एण्ड रेडियोलोजिष्ट, कम्युनिटी डेण्टिष्ट र पिडो डेण्टिष्टमा एक एक दरबन्दी खुलाएको छ । यस्तै सोही तहका जनरल डेन्टल तर्फ डेन्टल सर्जन पदमा दुई वटा दरबन्दी नयाँ सिर्जना भएको छ ।
यसअघि ९/१० औँ तहको इण्डोडोन्टिक्स, ओरल एण्ड म्याक्जिलोफेसियल सर्जन, प्रोस्थोडोन्टिक्स, अर्थोडोन्टिक्स र पेरियोडोन्टिक्समा एक एक पद थिए । यसपटक ती दरबन्दीमा एक एक वटा प्लस गरिएको छ । यस्तै आठौँ तहका जनरल डेन्टल सर्जन पदमा ११ वटा दरबन्दी थपिएको छ ।
५/६/७ औँ तहका डेन्टल हाइजिष्टमा ५ वटा दरबन्दी थप भएको छ ।
यसैबीच नेपाल डेन्टल एसोसिएसनले पहिलो पटक ओरल प्याथोलोजी र रेडियोलोजी तथा कम्युनिटी तथा पिडो डेन्टेष्ट्रीमा दरबन्दी सिर्जना भएको भन्दै खुशी व्यक्त गरेको छ ।
एसोसिएसनका महासचिव डा प्रदीप भण्डारीले डेन्टल तर्फ केही नयाँ दरबन्दी सिर्जना भएको र केही थपिएको भन्दै खुशी व्यक्त गरेका छन् ।
‘अहिलेसम्म ओरल प्याथालोजी लगायतका विभिन्न समूहका जो अत्यावश्यक पनि हो दरबन्दी नै थिएन । अहिले थोरै नै भएपनि दरबन्दी सुरु भएको छ । यसमा हामी खुशी छौँ,’ उनले भने ।
सामान्यले संघीय पुल अन्तर्गत कूल १८०८ दरबन्दी स्वीकृत गरी स्वास्थ्य मन्त्रालयमा पठाएको छ ।
सम्पर्क इमेल : [email protected]




नेपाली हेल्थ 
